अर्थ खबरसमाचारहेडलार्इन

दाजु–भाईले शुरु गरेको हाङ्ग लिक्विर पसल आमाले रिबन काटेर उद्घाटन

[mashshare]

धरान,koshipost.com
सुनसरीको धरानमा दाजु भाईले शुरु गरेको हाङ्ग लिक्विर पसल आमाले उद्घाटन गरेका छन् । केही वर्ष अघि सम्म संचार क्षेत्रमा कार्यरत दुई युवा दाजुभाईले लगानी गरेर संचालनमा ल्याएका मदिरा व्यवसाय आमाले उद्घाटन गरेको हो । धरान १० स्थित पुतलीलाइन एभ्रेष्ट बैंक अगाडी दाजु ताराहाङ्ग राई र भाई नरहाङ्ग राईको संयुक्त लगानीमा हाङ्ग लिक्विर होम शुरु भएको छ । सञ्चालकद्धयका आमा अनादेवी राई र चुराकुमारी राईले शुक्रबार संयुक्तरुपमा रिबन काटेर उक्त हाङ्ग लिक्विर होमको उद्घाटन गरेका थिए ।


सञ्चलाक ताराहाङ्गका अनुसार ३५ लाख लगानीमा लिक्विर होम सञ्चालनमा आएको हो । तत्काल खुद्रा व्यवसाय शुरु गरिएको जानकारी दिदै उनले आगामी आर्थिक बर्षबाट होलसेल समेत शुुरु गर्नेे बताए । साथै, किचनको पनि व्यवस्था गरेर ग्राहकहरुलाई बार पनि सञ्चलन गर्ने योजना रहेको उनको भनाई छ ।


सञ्चालक राईका अनुसार धरानमा मदिराका पारखीहरु धेरै भएकोले उनीहरुलाई लक्षित गरेर लिक्विर होम व्यवसाय संचालन गरेको हो । ‘हामी चौबिसै घण्टा निशुःल्क होम डेलिभरी सेवा पनि दिन्छौ,’उनले भने । लिक्विर होममा विदेशी र स्वदेशी मदिराको उत्पादनहरु बिक्रीमा राखिएको सञ्चालक राईले बताए । उद्घाटनको अवसरमा ग्राहकहरुलाई बिशेष छुटको व्यवस्था गरिएको समेत सञ्चालक राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button