समाचारसमाजहेडलार्इन

नक्कली मोही बनाएर भुमाफियाले क्याम्पसको जग्गा हडप्ने प्रयास

[mashshare]


धरान,koshipost.com
नक्कली मोही बनाएर भुमाफियाले महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्न प्रयास गरेको जग्गा बचाऊ अभियान समितिले आरोप लगाएको छ । सुनसरी धरानको करोडौँ पर्ने क्याम्पसको जग्गा नक्कली मोहीले हडप्ने प्रयास गरेको हो । शनिबार क्याम्पसमा पत्रकार सम्मेलन गरी आइतबार धरानमा खबरदारीका लागि बृहत्त् जुलुस निकालिने भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिले आइतबार बिहान ११ बजे वृहत् जुलुस निकल्ने बताईएका छन् । क्याम्पसको जग्गा कुनै पनि हालतमा भुमाफियालाई उपभोग गर्न नदिन जनजागरण अभियान अन्तर्गत जुलुसको आयोजना गरेको संयोजक एवं पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताए । पत्रकार सम्मेलनमा बोल्दै कार्कीले महेन्द्र क्याम्पसको जग्गा मात्रै नभएर धरानमा सर्वाजानिक सरकारी जग्गाहरू भू(माफिया लगायतका विभिन्न व्यक्तिबाट अतिक्रमण भएको बताए ।

धरानको चन्द्र संस्कृत मावि, पिण्डेश्वर विद्यापीठ, पब्लिक मावि फुस्रेलगायत अन्य शैक्षिक संस्थाहरूको पनि जग्गा अतिक्रमण भएको भन्दै ती अतिक्रमणमा परेका जग्गाहरूको पनि खोजी गर्न र सम्बन्धित संस्थाको हक भोगमा ल्याउन उनले संयोजक कार्कीले आह्वान गरे । पछिल्लो समय धरानमा सर्वाजानिक जग्गाहरू अतिक्रमण भइरहेको बताउँदै यसबारेमा सञ्चारकर्मीहरूले सम्बन्धित निकायको ध्यान केन्द्रित हुने गरी खोज पत्रकारिता गर्नुपर्ने बताउँदै संयोजक कार्कीले शैक्षिक संस्थाको जग्गा अतिक्रमण भएमा संस्थाको शैक्षिक एवं भौतिक विकासमा असर पुग्ने भएकोले सबै धरानवासीहरू माफिया विरुद्ध उभिन पनि आह्वान समेत गरे ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button