
विराटनगर,koshipost.com
हत्य गरेर चारकोशे झाडीमा शव लुकाएको आरोपमा एक जना युवा पक्राऊ परेको छ । मोरङको केराबारी गाउँपालिका ८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न कमल लिम्बु पक्राउ परेको हो । भट्टराईलाई मारेर जंगलको रुखको झरामुनि लुकाई राखेको आरोपमा लिम्बुलाई जिल्ला गरिएको प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मञ्जीले मुकारुङले जानकारी दिए ।
प्रहरीका अनुसार यात्?बसका सहचालक लिम्बूसँग मादकपदार्थ सेवनका क्रममा विवाद भएपछि घटना भएको थियो । सो क्रममा लिम्बूले भट्टराईलाई रडले प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत पौष २८ गतेदेखि बेपत्ता भट्टराईको शव प्रहरीले गाउँपालिकास्थित चारकोशे झाडीमा कुहिएको अवस्थामा फेला पारेको थियो । गाउँपालिकामा पौष २३ गतेबाट आयोजना गरिएको मेला हेर्न घरबाट निस्किएका भट्टराई एकाएक बेपत्ता भएको परिवारका सदस्य भनाइ छ । बेपत्ता भट्टराईको शव माघ ९ गते शव चारकोसे जंगलमा भेटिएको थियो । शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको थियो ।
प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको ?खको जराभित्र शव भेटिएपछि भट्टराईको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको थियो । गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुहार पनि नचिनिने गरी सडेको शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे । प्रहरीका अनुसार भट्टराई पनि केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे । घरबाट मच्छिन्द्र मेला हेर्न भनेर गएका उनी एकाएक सम्पर्कविहीन बनेपछि परिवारले इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएको थियो । मच्छिन्द्र मेला पुस २३ गतेदेखि २९ गतेसम्म लागेको थियो ।
