राजनीतिसमाचारहेडलार्इन

धरान १७ र १८ मा कांग्रेसको सशक्तिकरण अभियान

[mashshare]


धरान,koshipost.com
नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ ले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणलाई जोड दिंदै वडा वडामा अभियान सञ्चालन गरेको छ । सोहीअभियान स्वरुप क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरान १७ र १८ मा सशक्तिकरण अभियान गरिएको हो ।


संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा ल्याइएवाट पार्टी सञ्चालन र संगठन विस्तारमा महत्वपूर्ण टेवापुगेको सहभागीह?ले बताएका छन् । उनीह?ले यस्तो कार्यक्रमह? र प्रशिक्षण कार्यक्रमहरु नियमित ?पले सञ्चालनगरिनुपर्नेमाजोड दिंदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यककार्यक्रम गरेको बताए ।


धरान १८ को कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद माननीय चन्द्रप्रसाद श्रेष्ठ, १ नं. प्रदेश सदस्य अन्जना राई, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, धराननगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, क्षेत्रीय सदस्यअतुलश्रेष्ठ, प्रदेश सम्मेलन सदस्यहिमाल राई, वडा सभापति एवम् जनप्रतिनिधि सदस्य टंकप्रसाद गु?ङ, निवर्तमान वडा सभापतिनवराजश्रेष्ठ लगायतले विचार राखेकाथिए ।


त्यसैगरी धरान १७ मा भएको कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई,महाधिवेशन प्रतिनिधि नारद राई, क्षेत्रीय सदस्यद्धय उमेश पौडेल र आराध्यदेवी राई, प्रदेशसभानिर्वाचन क्षेत्र १(२) काउपसभापति डिल्लीशेर राई, वडा सभापति सुरज कार्की, क्षेत्रीय प्रतिनिधि गोपाल कार्की, पूर्व वडासचिव शेखर तामाङ लगायतले विचार राखेकाथिए ।


कार्यक्रममा जिल्ला सदस्य अनुपमा सुनुवार, महासमिति सदस्यद्धय कृष्णकला मादेन र सन्तोष विक, महाधिवेशन प्रतिनिधिद्धय पुजाधामी र रवि राई, प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठ,धराननगर सचिव जितेन्द्र राई,जनप्रतिनिधि वडा सदस्य दिलकुमारी राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तथा सहजिकरण क्षेत्रीय सचिव केशव पुरी, सहसचिवद्धय भोजकुमार न्यौपाने र सुमित राईले गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button