
धरान,koshipost.com
एमसीसी बारे धरानमा पनि जनमत संग्रह भएको छ । नेपालमा केही समय यता विवादास्पद बनिरहेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रदेशका विभिन्न ठाँउ र सडकमा जनमत संग्रह गरिएको हो । नेपालको राजनीतिलाई ध्रुवीकृत गर्ने गरी संसदमा टेवल भएको एमसीसीबारे अखिल क्रान्तिकारी भातृ संगठनले बुधबार धरानमा जनमत संग्रह गरेको छ ।
धरानको भानुचोकमा आयोजित जनमत संग्रहमा २ सय जना जनाले सर्वेक्षणको क्रममा मत जाहेर गरेका थिए । ती मध्ये १८६ जनाले पास नगर्ने पक्षमा मत जाहेर गरेका छन् । यता ११ जनाले भने एमसीसी पास गर्नु पर्छ भन्नेमा सहमत जनाएका छन् । संकलन भएको मत मध्ये ३ मत वदर भएको अखिल क्रान्तिकारी संगठनले जनाएको छ ।
अखिल क्रान्तिकारीका नेता बुद्रोस लिम्बुले एमसीसी पास गर्नुहुदैन भन्ने जनताको माग रहेकोले आफ्नो निर्वाचन क्षेत्रको सांसदलाई धराने जनताको मत पक्ष वा विपक्षामा के छ भनेर देखाउनको लागि नमुना सर्वेक्षण गरिएको बताए । उनले प्रदेश भरीको जनमत संग्रहको सर्वेक्षणको परिणाम आजै नेपाल पत्रकार महासंघ सुनसरी शाखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको बताए ।

