
धरान,koshipost.com
सुनसरीको धरानमाा नेकपा एमाले,नेपाली कांग्रेस, समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी २ सय बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी पार्टीमा पार्टी प्रवेश गरेका छ । धरान वडा नं. ११ मा कांग्रेस, एमाले, लिम्बुवान छाडेर २ सय १७ जना माओवादीमा प्रवेश गरेका हुन् ।
शुक्रबार धरान उपमहानगरपालिका वडा ११ कमिटिले पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी सोही वडाका २ सय १७ जनालाई माओवादी पार्टीका नेताहरुले नयाँ प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई खादा र अभिर लगाएर स्वागत् गरेका थिए । धरान १९ स्थित हरियाली सामुदायीक वनमा कार्यक्रम संचालन गरिएको थियो ।
विगत ७० वर्ष देखी निरन्तर नेपाल कम्युनिष्ट पार्टी माओवादीमा आबद्ध भएका ९८ वर्षीय नर बहादुर लिम्बुलाई माओवादी पार्टीले सम्मान गरेको थियो । सम्मान पत्र ग्रहण गर्दै लिम्बुले पार्टीका लागि अझै पनि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘ म २००८ सालमा सदस्यता लिएर पार्टी स्थापना काल देखी नै कार्यरत छु । हामीले अनेकौं संघर्ष गरेर आज यहाँ सम्म आईपुगेका छौं, अझै यस्ता कयौं लडाई लड्नै बाँकी छ त्यसैले युवाहरुले नआतिकन दृढ भएर नयाँ जोस जाँगरका साथ अघि बढ्नु पर्छ, म उमेरले मात्रै बुढो भएको हो मेरो बिचार बुढो भएको छैन ।’ उनले भने
धरानका ११ न वडा सहित अन्य वडाहरुमा जित हासिल गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै पार्टी प्रवेश गर्ने नयाँ सदस्यहरुलाई नगर कमिटी सदस्य फोकाहाङ सुब्बा (चोत्लुङले शुभकामना दिए । ‘धरानमा खानेपानीको समस्या छ पानी नभएर हैन, व्यवस्थापन राम्रो नभएकाले आम धराने जनताले सास्ती खेपिरहनु परेको छ, त्यसैगरी सुकुम्बासी व्यवस्थापनको समस्या समाधान गर्नका लागि नगर र सुकुम्वसी आयोगबीच सम्झौता गरेर काम अगाडी बढाउनु पर्छ, धरानको विकासमा माओवादी केन्द्रको मुख्य भूमिका रहेको छ, अझै पनि धेरै विकास गर्न बाँकी रहेकाले धरानको विकास र सम्बृद्धीका काम गर्ने भनेको पार्टी नेकपा माओवादी पार्टी हो ।’ सुब्बाले भने
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश सदस्य आईन्द्र विक्रम बेघाले नवप्रवेशीहरुलाइ विचार र जनताको मुद्दा बोकेको पार्टिमा प्रवेश गरेको भन्दै स्वागत व्यक्त गरेका थिए । उनले भने अहिले मुलुक माओवादीमय बनेको छ, मुलुक माओवादीमो एजेण्डामा हिँडेकोले सबैको आस्थाको केन्द्र माओवादी बनेको जिकिर गरे । उनले नवप्रवेशीहरु कसैको भनाईमा नलागेर आफै पार्टीले बोकेको बिचार र पार्टिको धारणा बुझेर माओवादी रोजेको बताउँदै उनिहरुलाई पार्टीमा विशेष सम्बोधन गरि उपयुक्त भुमिका दिने बताए ।
नेकपा एमाले परित्याग गरी धनकुमार राईको अगुवाईमा १ सय ७ जना माओवादीमा प्रवेश गरेका छन । त्यस्तै, नेपाली कांग्रेस परित्याग गरि सुबास तामाङको अगुवाईमा ४५ भन्दा बढि क्रियाशिल सदस्य माओवादी प्रवेश गरेका छन । त्यस्तै लिम्बुवान परित्याग गरि ६५ जना भन्दा बढि माओवादी प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई प्रमुख अतिथि किरण राई र प्रदेश सदस्यहरु मुक्सामहाङ मेन्याङ्बो, आईन्द्र बिक्रम बेघा, कमला राई लगायतका उपस्थित अतिथिहरुले खदा तथा अबिर लगाएर स्वागत गरेका थिए ।
धरान ११ नम्बर वडाका पार्टी अध्यक्ष्य जितराज राईको अध्यक्ष्यतामा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गरिएको थियो । भने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किरण राई प्रमुख अतिथि रहेको थियो । नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि राईले अहिलेको राजनितिक परिस्थितिले सबै देशभक्त नेपालीहरुको आस्थाको केन्द्र माओवादी केन्द्र बनेको बताए । हाल राष्ट्रघाती परियोजना एमसीसीको विषयले नेपाली राष्ट्रिय राजनिति पेचिलो बन्दै आएको अवस्थामा माओवादी केन्द्र मात्र जनताको पक्षमा उभिएको राईले बताए । राष्ट्रघाती परियोजनाको विपक्षमा नेकपा माओवादी उभिएकाले अमेरिकि सहयोगमा नेपाल ल्याईने एमसीसी राष्ट्रघाती भएकोले यथास्थितिमा पास गर्न नहुने राईको धारणा रहेको थियो ।



