समाचारसमाजहेडलार्इन

संखुवासभामा मृगको शिकार गर्ने युवा भरुवा बन्दुकसहित पक्राउ

संखुवासभा, koshipost.com
संखुवासभामा मृगको शिकार गर्ने एक युवा भरुवा बन्दुकसहित पक्राऊ परेको छ । संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबाट मृगको शिकार गर्ने युवा पक्राउ परेको हो । संखुवासभा प्रहरीका अुनसार चैनपुर ७ स्थित बालेश्वर जंगलमा मृगको शिकार गर्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । (सोमबार) आज बिहान सवा ४ बजे बालेश्वर जंगलमा शिकार गर्ने भईरहेको भन्ने बिशेष सुचना पाएपछि अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाको टोली गस्तीमा खटिएको थियो ।


प्रहरी टोलीले मृग मारेर घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई भरुवा बन्दुकसहित जंगलबाटै नियन्त्रणमा लिएको जनाएको छ । श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ । उनको साथबाट भरुवा बन्दुकमा गोलीको रुपमा प्रयोग गरिएको सिसाका ३ वटा गोलाकार टुक्रा र बोरा भित्र रतुवा जातको मृत भाले मृग पनि वरामद भएको प्रहरीले जनाएको छ । उक्त मृत मृग पोस्टमार्टमको लागी चैनपुर सब डिभिजन बन कार्यालय संखुवासभा पठाईएको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button