समाचारसमाजहेडलार्इन

धरान–भेडेटार सडक खण्डमा एक पुरुषको शव भेटियो


धरान,koshipost.com
धरान भेडेटार सडक खण्डमा एक पुरुषको शव भेटिएको छ । धरान धनकुटा कोशी राजमार्गमा पर्ने धरान–भेडेटार सडक खण्डमा बेवारिसे अवस्थामा एक पुरुषको मृत शरिर भेटिएको हो ।

आज बिहान धरान–भेडेटार सडकको किनारमा उक्त पुरुषको शव स्थानीयले मंगलबार बिहान घाँस काट्न जाने क्रममा भेटेपछि ईलाका प्रहरी कार्यालय भेडेटारलाई जानकारी गराएका थिए ।


उक्त शवको सनाखत भएको छैन । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शव धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा भेटिएपछि प्रहरीलाई खबर भएको थियो । प्रहरीले शव उठाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ ।


मृतक मागेर हिड्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । केही दिनदेखि भेडेटार क्षेत्रमा माग्दै हिडेको स्थानीय जनप्रतिनीधी गोरसमान राईले बताए । प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन । शव मर्चरीमा राखिको र सनाखतको लागि प्रयास भइरहेको पनि उनले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button