खेलकुदसमाचारहेडलार्इन

२३ औं बुढासुब्बा गोल्डकप आगमी चैत्र २६ गते देखि हुने

धरान, koshipost.com
सुनसरीको धरानमा २३ औं बुढासुब्बा गोल्डकप आगमी चैत्र २६ गते देखि हुने भएको छ । कोरोना भाइरसका कारण गत बर्ष स्थागीत भएकोे बुढासुब्बा गोल्डकप यस वर्ष २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिता आगामी चैत अन्तिम साता देखि शुरु गरिने भएको हो ।


धरान फुटबल क्लबले (बुधबार) आज धरानमा पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । क्लबका अध्यक्ष किसोर राईका अनुसार प्रतियोगितामा आयोजक क्लबसहित ८ टिमले सहभागीता जनाउने भएका छन् । सम्भावित सहभागी टिमहरुबारे जानकारी दिदै उनले काठमाण्डौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम समेत सहभागी हुने बताए । त्यस्तै, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले पत्रकार सम्मेलनमा बताए ।


प्रतियोगितामा प्रथम हुनेले नगद १० लाख र ट्रफी यस्तै, उपविजेताले नगद ५ लाख र ट्रफी पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् । त्यसैगरी प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन् भने उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगितामा ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान गरेको छ । कोरोना महामारीले गएको बर्षमा प्रतियोगिता गर्न नसकेको जानकारी गराउँदै क्लवका अध्यक्ष किशोर राईले धरानबासी र खेलप्रेमीहरुकै बिशेष अनुरोधमा यस वर्ष २३ औं बुढासुब्बा गोल्डकप गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button