धर्म संस्कृतिसमाचारहेडलार्इन

धरानका मेयर तिलक राईद्वारा ग्याल्पो र ज्यालो ल्होसारको शुभकामना

धरान,koshipos.com


सुनसरी धरानको मेयर तिलक राईद्धारा ग्याल्पो र ज्यालो ल्होसारको अवसरमा शुभकामना व्याक्त गरेका छन् ।शेर्पा समुदायको ग्याल्पो ल्होसार र शिङ्साबा समुदायको २१४९ छ्यु–फो–ताक लो (जल–पुरुष – बाघ वर्ष) ज्यालो ल्होसारको अवसरमा धरानका मेयर तिलक राईले शुभकामना व्यक्त गरेका हुन् ।


मेयर राईले शुभकामना सन्देश जारी गर्दै शिङ्साबा र शेर्पा समुदायको बासोबास धरानमा पनि भएको उल्लेख गर्दै नगरबासीहरुमा शुभकामना व्यक्त गरेका हुन् । बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा मेयर राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले नेपालको यो विविधता विश्व समुदायको लागि पनि महत्वपूर्ण रहेको समेत बताएका छन् ।


चाड पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न पनि मेयर राईले आग्रह गरेका छन् । ‘ज्यालो र ग्याल्पो ल्होसार पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छुँ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button