समाचारसमाजहेडलार्इन

माया घर नेपालले १ करोडको अक्षयकोष बनाउन महायज्ञ संचालन गदै

धरान,koshipos.com


माया घर नेपालले १ करोडको अक्षयकोष बनाउन महायज्ञको आयोजना गर्ने भएको छ । ४ बर्षअघि स्थापना भएको माया घर नेपालले मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामाका लागि महायज्ञको आयोजना गर्ने भएको हो । इटहरी २ स्थित माया घरबाट हालसम्म ४ हजार बढीको पुनस्थापना तथा पारिवारिक मिलन भइसकेकोछ । अहिले पनि १ सय १५ जनाले आश्रय लिइरहेका छन् । हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडक डुलुवा मानिसहरु माया घरमा आश्रित छन् ।


सडक घुमुवा मानिसहरु भएकाले उनीहरुलाई खाना, लत्ता कपडा साथै स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुने गरेको माया घरकी अध्यक्ष राधिका दासीले बताईन् । उनीहरुका लागि मासिक ७ देखि ८ लाख रुपैया खर्च हुने दासीले पत्रकार सम्मेलनमा जानकारी दिइन् । स्थानीय सरकार, विभिन्न संघसंस्था तथा दाता व्यक्तिहरुको सहयोगमा खर्चको व्यवस्थापन हुदै आएको अध्यक्ष दासीले बताईन् ।


सञ्चलन एवं व्यवस्थापन खर्च सधै सहयोग जुटाएर गर्नु पर्दा धेरै समस्या हुने गरेको अध्यक्ष दासीले जानकारी सुनाईन् । स्थानीय सरकारले दिने सहयोग पर्याप्त नभएका कारण दिगो आम्दानीका लागि १ रुपैयाबाट १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य माय घरले लिएको अध्यक्ष दासीको भनाई छ । माया घर नेपालले यही फागुन २१ गतेदेखि २८ गतेसम्म श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै माया घरलाई थप व्यवस्थित बनाउन पहिलो चरणमा १ करोड रुपैया संकलन गर्ने र उक्त रकमको ब्याजबाट आश्रितहरुको सेवा गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको जानकारी दिएको छ । महायज्ञमा अध्यक्ष राधिका दासीले नै पुराण वाचन गर्नेछिन् । फागुन २१ गते इटहरी २ आयुर्वेदिक टोलस्थित मायाघर रहेको स्थानमा महायज्ञको औपचारिक उद्घाटन हुने अध्यक्ष दासीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button