समाचारसमाजहेडलार्इन

होटलमा मृत अवस्थामा भेटिएकी सुमित्राको हत्यारा सार्वजनिक (भिडियो सहित)

धरान,koshipost.com


धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवस्थामा भेटिएकी महिलाको हत्या गरि फरार रहेका युवालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका धनकुटाको पाख्रिबास ६ फलाटेका २४ बर्षीय जीवन भनिने विनेश राना मगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

मगरले नै २ दिन होटलमा सँगै बसेकी इटहरी ५ डेरा गरि बस्ने ३८ बर्षीया सुमित्रा तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।


थापाका अनुसार मगरलाई उनकै ससुराली घर पाख्रिबास ११ बाट हिजो (शनिबार) साँझ पत्राउ गरिएको हो । उनलाई ज्यान कसुरमा ७ दिनको म्याद थप गरिएको पनि एसपी थापाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मगरले नै सुमित्राको हत्या गरेको देखिएको पनि उनले बताए।


एसपी थापाका अनुसार हत्या आरोपी मगर इटहरीमा सिटी सफारी चलाउने गर्थे । सोही क्रममा सुमित्रासँग चिनजान भएको र उनीहरु करिब एक बर्षअघि नजिकिएका थिए । विनेशको परिवारमा खटपट भएको र श्रीमति माइतीमा बस्दै आएकी थिइन् । उनको भने यता सुमित्रासंग प्रगाढ प्रेममा रहेका थिए ।


पछिल्लो समय विनेश कामको सिलसिलामा भोजपुर गएका थिए । तीन महिनाअघि स्काभेटर सहायक अपरेटरमा भोजपुर गएका विनेश र सुमित्रा फागुन १५ गते धरानमा भेट भएका थिए । लामो समयपछि भेट भएका दुवै होटलमा १०९ नम्बरको कोठामा २ दिन सँगै बसेका थिए ।


एसपी थापाका अनुसार फोनमा अर्कै पुरुषसंग बोलेको बिषयमा दुवैबीच १६ गते राती झगडा भएको र कुटपिट गरि घाँटी चिथेर विनेशले सुमित्राको हत्या गरेको स्वीकारेका छन् । दुवैले मदिरा पिएको अवस्थामा राती आवेशमा आएर आफुले हत्या गरेका प्रारम्भिक अनुसन्धानको क्रममा स्वीकारेको एसपी थापाले बताए । अनुहार र जिउमा पनि निलडाम, चोटपटक देखिएको प्रहरीको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button