Uncategorizedसमाचारसमाजहेडलार्इन

समाचार प्रभाव मृगौला पिडित धन बहादुर राई र तिर्थ वि.कलाई यातायात प्रालि र वन समूहद्धारा नगद हस्तान्तरण(भिडियो सहित


पानबारी,koshipost.com


कोशीपोष्ट डटकममा समाचार सम्प्रेरण र पूर्वाञ्चल डि.बि.आर टिःभीमा भिडियो पोष्ट भएपछि मृगौला पिडित धन बहादुर राई र तिर्थ माया वि.कलाई नगद सहयोग जुटेको छ । धनकुटा पाख्रिवास नगरपालिका स्थायी घर भएका ५४ वर्षीय धन बहादुर राई विगत १ वर्ष देखि दुवै मृगौला फेल भएर थला परेका छन् । हाल उनी धरान उपमहानगरपालिका वडा नं. ६ पानबारमिा दाजुको घरमा आश्रय लिएर बस्दै आएका छन् । राईका अनुसार उपचारको क्रममा ११ लाख ऋण लागेको छ ।

धन बहादुर आर्थिक विपन्नका कारण अहिले डाईलोसिस् गर्न पनि समस्य भएको छ । मिडियामा धन बहादुरको समस्य बारे समाचार र भिडियो आएपछि धरानका शेरा यातायात प्रा.लि र सयपत्री सामुदायिक वन उपभोक्ता समूहले राईलाई पानबारी पुगेर नगद सहयोग गरेका छन् । यातायात प्रा.लि ले १० हजार र उपभोक्ता समूहले ३ हजार गरी जम्मा १३ हजार नगद सहयोग गरेको हो ।


मिडियामा पिडादायी समाचार र भिडियो देखेपछि मृगौला पिडित राई लाई संस्थाको तर्फबाट रु १० हजार आर्थिक सहयोग गरेको शेरा यातायात प्रा.लि का अध्यक्ष सुरेन्द्र कँुवरले बताए । ‘हामीले मिडियामा धन बहादुर राईको पिडादायी भिडियो र समाचार देखेपछि साथीभाईहरु संग सल्लाह गरेर मृगौला पिडित राईलाई १० हजार नगद सहयोग लिएर पानबारी आएका हौं ।’ अध्यक्ष कँुवरले भने ।


यस्तै, धरान उपमहानगरपालिका वार्ड नं. ६ पानबारी लिम्बु चौरीकी विपन्न ४४ वर्षीया तिर्थ माया बिकलाई पनि यातायात प्रा.लि र वन समूहले नगद सहयोग गरेका छन्् । यातायात प्र.लि ले नगद ५ हजार र वन समूहले २ हजार ५ सय गरी जम्मा ७५००÷– सहयोग गरेका छन् । मिडियामा समाचार र भिडियो देखेपछि विकलाई आफ्नो संस्थाबाट नगद सहयोग लिएर पानबारी आएको वन समूहका उपाध्यक्ष रबि कार्कीले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button