खेलकुदसमाचारहेडलार्इन

११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा महिला फुटबल संघकी अध्यक्ष लाई सम्मानित

बिर्तामोड, koshipost.com
झापा गोल्ड कपले ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।


लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो । देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा. डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका हुन् ।


आयोजकले मंगलबार महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र रहेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button