
संखुवासभा,koshipost.com
संखुवा सभा जिल्लाको मादीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने १४ जना मध्ये १० जनाको सनाखत भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मादी नगरपालिका ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटुवाल, सोही नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ को दीपक दाहाल, मादी ६ का वर्ष ३८ को इन्द्र बहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ को उमेश भट्टराई ९सहचालक०, मादी ४ बस्ने वर्ष ३८ को आइत बहादुर तामाङ, मादी ४ बस्ने वर्ष ३५ कि सबिता राउत कार्की, मादी ५ बस्ने वर्ष ५०र५२ को श्याम शेर्पा, मादी ५ बस्ने वर्ष ५५ को भवानी दाहाल, मादी ६ बस्ने तुलसा कटुवालकी छोरी वर्ष ५ कि दीक्षा कटुवाल, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३०र३५ को विपिन निरौला चालक सवारी धनीको सनाखत भएको छ भने अरु नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परि गम्भीर घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । घाइते हुनेहरूमा संखुवा सभा मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले (टिकट बुकिङ गर्ने), मादी ६ बस्ने वर्ष २२ कि तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका बिक,वर्ष ५० को डम्बर बहादुर कार्की र मादी ५ बस्ने वर्ष ३० कि यूका पोखरेल रहेका छन् । बीपीमा ल्याई पु¥याएका ५ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
मादीबाट झापाको दमक आउँदै गरेको यात्रुवाहक बस आज बिहान साढे ७ बजे मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।