
धरान,koshipost.com
२९ औं बैवाहिक वर्षगाठ सफलतापूर्वक पार गरेको उपलक्ष्यमा अग्रवाल दम्पतीले धरानका विपन्न १२ परिवालाई राहत स्वरुप ५५ हजार बराबरको खाद्यन्य सहयोग गरेका छन् । मिति २०७८ साल फागुन २६ गते २९ औं वर्षगाठ पार गरी ३० औं वर्षमा लागेको अवसरमा अशोक कुमार अग्रवाल र श्रीमती सुमन अग्रवाल दम्पतीले धरानमा बसोबास गर्ने एकल महिला अपाङ क्यान्सर पिडित र पेटको बिरामी भएका १२ विपन्न परिवारलाई दैनिक उपभोग हुने खाद्यन्य सामाग्री र व्हीलचेयर वितरण गरेको हो ।

वैवाहिक वार्षिक उसत्वसको उपलक्ष्यमा गरिव दिन दुखीलाई राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरेको सहयोग दाता तथा आपाङ पुनस्थापना तथा असाहय सेवा केन्द्र नेपालका सल्लाहकार सदस्य अशोक कुमार अग्रवालले बताए । अग्रवाल दम्पतीले १२ परिवारलाई १ बोरा चामलको साथमा दाल,नुन् ,तेल, चिनी,बिस्कुट,चिउरा,गुन्र्दी वितरण गरेको हो । अपाङ पुनस्थापना तथा असाहय सेवा केन्द्र नेपाल धरानका कार्यकारी निर्देशक सुनिल खड्कको सिफारिसमा धरानमा बसोबास गर्ने एकल महिला मृगौला पिडित अपाङ तथा साहरा विहिन विपन्न परिवारलाई खाद्यन्य सहित अन्य समाग्री अग्रवाल दम्पतीले हस्तान्तरण गरेका हुन् ।
धरानमा बसोबास गर्ने एकल महिला उर्मिला नेपाली , अपाङ्ग गिता परियार अपाङ्ग , एच आई भि केशव परियार , अपाङ्ग रोशन राई ,एकल महिला सरिता राई ,त्यस्तै, महिला शोभा परियार , अति विपन्न बिन्दा कुमारी कटेल , गंगा मगर रामपुर पुष्पा राजधामी , क्यान्सर पिडित धन लक्ष्मी बि क, धरानका नागारिता विहिन अपाङ्ग तिलक परिवारलाई व्हीलचेयर लगायत खाद्यन्य वितरण गरिएको हो ।

