खेलकुदसमाचारहेडलार्इन

प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश

झापा ,koshipost.com


प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै टेम्केले फाइनलको यात्रा तय गरेको हो ।


टाइब्रेकरमा रेडहर्षका लागि हरी सिटौला र सन्जित राईले गोल गरे । रेडहर्षका लागि मनिस थापा र अनिस थापाको प्रहार पोष्ट बाहिरीयो । टेम्केका कैलाश बस्नेत, अस्तोष राई, आकाश राई र बसन्त कुमार वानियाले टाइब्रेकरमा गोल गर्न सफल भए । केरखा खेल मैदानमा भइरहेको अध्यक्षकपको पहिलो सेमिफाइनल खेलमा १७औ। मिनेटमा टेम्केका मनिश चेम्जोङले गोल गरेका थिए । आकाश राईलेले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मनिश चेम्जोङले गोल गरे । टेम्केले पहिलो हाफमा १–० को नतिजामा रेडहर्षलाई दवावमा राखेको थियो ।


दोस्रो हाफको २०औँ मिनेटमा रेडहर्षका मनिस थापाले गोल गर्दै खेल बराबरीमा पारे । निर्धारित समयमा १–१ को बराबरी नतिजा भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आइतबार भएको खेलको प्लेयर अफ दि म्याच टेम्केका आविस्कार खड्का घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए । सोमबारको दोस्रो दोस्रो सेमिफाइनल खेल एपीएफ पकली सुनसरी र धुलाबारी फुटबल एकाडेमी झापाबीच हुने आयोजकले जनाएको छ ।


फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button