समाचारसूचना प्रबिधिहेडलार्इन

होली पर्व मर्यादापुर्वक मनाउन सुनसरी प्रशासनको आग्रह,सार्वजनिक स्थानमा होहल्ला गर्न र चर्को आवजमा बाजा बजाउन नपाइने


ईनरुवा,koshipost.com

जिल्ला प्रशासन कार्यालय सुनसरीले नजिकिदै गरेको होली पर्वलाई मर्यादापुर्वक मनाउन आग्रह गरेको छ । सुनसरी प्रशासनले (सोमबार) आज एक सुचना जारी गर्दै चैत ३ र ४ गते पर्ने होली पर्वको शुभकामना व्यक्त गर्दै मर्यादापुर्वक मनाउन आग्रह गरेको हो । प्रशासनले कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने लगायत कार्यहरु नगर्न सुचनामा भनिएको छ ।


त्यस्तै, सार्वजनिक स्थानहरुमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर गर्ने खालको कार्यहरु नगर्न, नगराउन पनि जिल्ला प्रशासनले आग्रह गरेको छ । साथै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गर्दै प्रशासनले उल्लंघन गरेमा कानुन वमोजिम कारबाही गर्ने पनि सुचनामा भनिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button