समाचारस्वास्थ्यहेडलार्इन

धनकुटाको मुलघाट बिश्रान्ती वृद्धाश्रमबाट हराएकी महिलाको शव तमोरमा नदीमा भेटियो


धनकुटा,koshipost.com
धनकुटाको मुलघाट बिश्रान्ती वृद्धाश्रमबाट हराएकी महिलाको शव तमोरमा नदीमा भेटिएको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदीमा एक महिलाको शव फेला परेको हो । मृतक महिला धनकुटा नगरपालिका ९ स्थित बिश्रान्ती बृद्धा आश्रममा आश्रय लिदै आएकी थिइन् । तमोर नदीमा भेटिएकी ५६ वर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ । लामिछाने फागुन २९ गते दिउँसो बृद्ध आश्रमदेखि हराएर बेपत्ता भएकी थिइन् ।


देवी माया हराएपछि प्रहरी चौकी मुलघाटको प्रहरी टोलीले खोजी गर्ने क्रममा मंगलबार (आज) नदी किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ । देवी माया के कारणले हराईन् र मृत अवस्थामा पुगिन् भन्ने बारे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button