रोजगारसमाचारहेडलार्इन

१ लाख जना म्यादी प्रहरीमा भर्ना खुल्लो, तलब ३० हजार बढी तलब (सहित फारम सुचि सहित)

काठमाण्डौं,koshipost.com

१ लाख जना म्यादी प्रहरीमा भर्ना खुलेको छ । स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको हो । मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना सार्वजनिक गरेको छ ।


काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ । रखास्त चैत ६ गतेदेखि ११ गते सम्ममा दिन सकिने प्रकासित सुचनामा भनिएको छ । सार्वजनिक बिदाबाहेक अरु दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा फारम भर्न र बुझाउन पाउने सुचनामा उल्लेख गरिएको छ ।


म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ । म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुन प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सेवा सुविधा स्वरुप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ । म्यादी प्रहरीको तलब ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद बापत ६ हजार रुपैयाँ दिने सुचनामा भनिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button