
धरान,koshipost.com
नेपाली कांग्रेसले धरानउपमहानगरपालिकाको वडा नं. १ स्थित शान्ति टोल र शुभलक्ष्मी मार्गमा संगठन विस्तार गरेको छ । नेपाली कांग्रेस धरान उपमहानगरपालिका वडा नं. १ का सभापति यज्ञमणि आचार्यको अध्यक्षतामा भएको भेलाले दुवै स्थानमा टोल समिति गठन गरेर संगठन विस्तार गरेको हो ।
भेलाले सावित्री आचार्यको संयोजकत्वमा गिता तामाङ, लक्ष्मीवि.क., सितावि.क., अम्विका निरौला, सन्तोष वराइली, रवि खतिवडा, डेनिभिड वराइली, दिनेश अधिकारी, सरल चौधरी र शारदा कार्की सदस्य रहेको ११ सदस्यी शान्ति टोल समिति गठन गरेको छ भने समिर खड्काको संयोजकत्वमा उमेश शाक्य, सुमन मास्के, उपेन्द्र कुमार मण्डल, मुन्ना प्रसाद मण्डल, संजय शाह, सम्झनाश्रेष्ठ, प्रकाशतामाङ, रंजितशाह, पुष्पा जस्वाल, रमेश परियार, चन्दाशाही, सानुमैया शाही, देवकाशाही, प्रमिलातामाङ, रत्नबहादुर ठटाल, विजयशाह, सृजनावि.क., चन्द्र नेपाली, सरितावि.क., सुरज भुजेल, सरोज गजमेर, बालकुमारी शाही र निर्मला घिमिरे सदस्य रहेको २५ सदस्यीय शुभलक्ष्मी मार्ग टोल समिति गठन गरेको छ ।
भेलामा जिल्ला सचिवमाधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्यश्यामा रेग्मी, जिल्ला सदस्यविनोद घिमिरे, प्रदेशसभानिर्वाचन क्षेत्र १(२) सभापति मुरारी भट्टराई, सचिव युवराज शंकर, नगर सभापति श्यामपोखरेल, पूर्व नगर सभापतिकिशोर राई, क्षेत्रीय सदस्य अतुल श्रेष्ठ, पूर्व क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई लगायतले मन्तव्य राखेकाथिए ।