समाचारहेडलार्इन

भ्रष्टाचारको कुरा गर्दा ज्यान मार्ने धम्की आयो ( ज्ञानेन्द्र शाही

बराहक्षेत्र,koshipost.com


सुनसरीको चक्रघट्टिमा भएको राप्रपाको सभामा बोल्दै पार्टी प्रबक्ता ज्ञानेन्द्र शाहीले भने इटहरीमा आएर बराहक्षेत्रमा भएको भ्रष्टाचारको डाटा प्रस्तुत गर्दा मलाइ ज्यान मार्ने धम्की आयो । उनले भने यस्ता जनप्रतिनिधिलाइ कार्यबाही गर्नु पर्थियो तर त्यो निकायमा उनीहरुनै भएको हुदा सकिएन ।


मन्तव्यकै क्रममा शाहीले भने राष्ट्रघाती एम सिसि पास गर्ने प्रमुख पात्रहरू मध्ये यहि क्षेत्रबाट चुनाव जितेका अहिलेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि हुन , यस्ता नेतालाइ जनताले बेलैमा चिन्न आवश्यक हुन्छ । भ्रष्टाचार गरेको पैसा जनतालाइ खुवाएर चुनाव जित्ने परिपाटी को अन्त्य यस पटक जनताले नै गर्नेछन् । बेलैमा यिनिहरुको सत्ता खोस्न नसके हाम्रो देश नेपाल पनि युक्रेन हुन सक्छ प्रबक्ता शाहीले बताए ।


राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धर्म गुरु श्रीनिवास , केन्द्रिय सदस्य इनु अधिकारी सहित केन्द्रिय नेताहरुले मन्तब्य राखेका थिए । कार्यक्रम सुनसरी जिल्ला राप्रपाका अध्यक्ष दुर्गा बहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button