
धरान,koshipost.com.
नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले वडावडामा पार्टीको संगठन सशक्तिकरण र सुदृढिकरण अभियानलाई निरन्तरतादिएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामासञ्चालितअभियानहालसम्मरामधुनीनगरपालिकाको ७ नं. वडा, बराहनगरपालिकाको वडा नं. ३, ४ र ५ तथाधरानउपमहानगरपालिकाको वडा नं.२०, १९, १८ र १७मासम्पन्नभईसकेको छ । पछिल्लो समय धरानउपमहानगरपालिकाको वडा नं. १६, १५ र १४ माअभियान सम्पन्नभएको छ ।
कांग्रेसको तल्लो तहसम्मको संगठनको क्षमताअभिवृद्धि गरी स्थानीय पार्टी नेतृत्वहरुलाई सांगठानिक, राजनीतिक र सामाजिकगतिविधिगर्न तथाजनमुखीकार्यक्रमगर्न उत्प्रेरित गर्दै समग्र पार्टी संगठनलाई सशक्तिकरण र सुदृढ गर्ने उद्देश्यले अभियान सञ्चालनगरिएको सभापतितामाङले बताए । उनले यो अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने सबै वडामा सञ्चालनहुने बताए । यो अभियानले पार्टीको केन्द्रीय समितिद्धारा घोषित घरघर जाऔं नेपालीकांग्रेसलाई जिताऔं कार्यक्रमलाई समेत सफलबनाउन मद्दत पुगेको र टोलटोलमा संगठन निर्माण र विस्तार गर्न थप टेवापुगेकोउनले बताए ।
धरान १६ माभएको कार्यक्रममाजिल्ला सचिवमाधव घिसिङले अभियान समय सान्दर्भिक र आवश्यकभएको भन्दै यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए । नेपालदलित संघ, प्रदेश नं. १ सभापतिगोविन्ददर्नालले अभियान सञ्चालन भएवाट कार्यकर्ताको मनोवल, आत्मवल र कार्यक्षमतामा वृद्धि भएको बताए । वडा सभापतिकिरण आचार्यले वडातहमै क्षेत्रीय नेतृत्वहरु आएर संगठन सुदृढिकरण र सशक्तिकरणको अभियान सञ्चालन गरेर आफुहरुलाई थपहौसलामिलेको बताए ।
त्यसै गरी धरान १५ भएको कार्यक्रममाप्रदेश नं. १ महामन्त्रीउमेश थापाले विद्यमान राष्ट्रिय राजनीतिकाविषयमाचर्चा गर्दै आगामीनिर्वाचनमा पार्टीलाई जिताउने वातवरण बनाउनअभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेशसभानिर्वाचन क्षेत्र १(१) सचिवयुवराजशंकरले अभियानले वडा तहका नेतृत्वहरुलाई उर्जा मिलेको बताए । नगर सचिवजितेन्द्र राईले सशक्तिकरण अभियानले पार्टीमाएकता र जागरण ल्याएको बताए । वडा सभापति डम्वर गुरुङले नेता, कार्यकर्ता र संगठनलाई सशक्तिकरण गराउने यस्ता कार्यक्रमनियमित रुपले सञ्चालनहुनुपर्ने बताए ।क्षेत्रीयप्रतिनिधिकुमार श्रेष्ठले पार्टीका नेतृत्व र कार्यकर्ताहरु वीचको सम्बन्ध समेतलाई अभियानले मजबुदबनाएको बताए ।
धरान १४ माभएको कार्यक्रममामहासमिति सदस्यजगतबहादुृर कार्कीले क्षेत्रीय समितिले अति नै सान्दर्भिक ढंगले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण गर्ने अभियान सञ्चालन गरेको बताए । जनप्रतिनिधिजिल्ला समन्वय समिति सदस्यसितापौडेलले वडामा पर्याप्तविकास गर्न र संगठनलाई विस्तार गर्न पार्टी र जनप्रतिनिधिवीचनिरन्तर समन्वय र सहकार्य हुनुपर्ने बताए ।क्षेत्रीय सदस्यतथाजनप्रतिनिधि वडा सदस्यशोभापुलामीले जनताको काममाआफु निरन्तर लागी परेको र पार्टी संगठनलाई मजबुदबनाउन सदैव सहयोग गरेको बताए ।नगर सदस्य उद्धव अधिकारीले अभियान जरुरी रहेको बताउंदै वडास्तरवाट आएकागुनासाहरुको निराकरण गरिनुपर्ने बताए ।नेपालदलित संघ प्रदेश नं. १ का सभापतिगोविन्ददर्नालले वडामा टिकटका लागि झगडा नगरी सहमति गरेर अगाडि बढ्नुपर्नें बताए ।वडा सभापतिश्यामश्रेष्ठले क्षेत्रीय समितिको यस अभियानले गाउं, बस्ती र टोल–टोलमाकांग्रेसको संगठन विस्तार गर्नमा ठूलो टेवापुगेको बताउंदै अभियानलिएर वडावडामा आएकोमा क्षेत्रीय समितिलाई धन्यवादव्यक्त गरे ।
क्षेत्रीयप्रतिनिधिमानस चौहानले टिकट वितरण गर्दा उपयुक्त मापदण्ड बनाएर वितरण गर्नुपर्नेमाजोड दिए ।स्थानीय नेता प्रेम पराजुलीले पार्टीकाकार्यक्रमहरुमा सबैलाई उपस्थितहुने वातावरण बनाउनुपर्ने बताए ।पिण्डेश्वरर टोल समिति सभापतिलालबहादुर राईले उम्मेदवार छनौटमा चुकियो भने निर्वाचनमागाह«ो हुने बताए ।
क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुृरी तथा क्षेत्रीय सहसचिवद्धय भोजराजन्यौपाने र सुमित राईद्धारा सहजिकरण गरिएको अभियानमापूर्व महाधिवेशनप्रतिनिधि सन्तोष सापकोटा, प्रदेश सम्मेलन सदस्यगोविन्द बस्नेत, क्षेत्रीय सदस्यद्धय अतुलश्रेष्ठ र लोकमणि शर्मा, प्रदेशसभानिर्वाचन क्षेत्र १(१) सहसचिव हरी ओझा, प्रदेशसभानिर्वाचन क्षेत्र १(२) सदस्यमिनाश्रेष्ठ, प्रदेश प्रतिनिधितथाजनप्रतिनिधि वडा सदस्यमंजिलकसजु, जनप्रतिनिधि वडा सदस्यमनिषावि.क., नगर सदस्यतिलक बस्नेत, अमृत लिम्वु, चुडामणि निरौला, मिलनशंकर, श्यामबहादुर राई, विकास राई, शंकर पाण्डे, नेपालविद्यार्थी संघका पूर्व जिल्ला सभापति विष्णु लिम्वु, नेपालमहिला संघ नगर सभापति सुशिलाश्रेष्ठ, नेपाल तरुण दलनगर उपसभापति रामकुमारतामाङलगायत क्षेत्रीयप्रतिनिधिहरु, वडा कार्यसमितिकापदाधिकारी सदस्यहरु, पूर्व वडा सभापतिहरु, सल्लाहकारहरु, टोल समितिका सभापतिहरुको उपस्थिति रहेको थियो ।

