
धरान,koshipost.com
पछिल्लो समय कालिज व्यवसायमा पूर्वको कृषकहरु सक्रिय हुदै आएको छ । अन्य कुखुरा व्यवसायमा भन्दा कालिज कुखुरा व्यवसायमा मुनाफा हुने भएपछि कृषकहरु कालिज व्यवसायमा आर्कषित बन्दै गएको हो । यस्तै, धरान उपमहानगरपालिका वार्ड नं. ४ मा अवस्थित कालिज फर्मका संचालक तारा कुमार राई अन्य कुखुरा पालनमा भन्दा कालिज कुखरा पालनमा मुनाफा हुने बताउँनछन् । उनले विगत ३० महिना देखि कालिज कुखुरा पालन शुरु गरेका थिए । कालिज व्यवसाय राईकाअनुसार अन्य व्यवसाय भन्दा कालिज व्यवसायले फाईदा दिएको बताउँछन् ।

राईले कालिज फर्म संगै नमस्ते रिसोर्ट पनि संचालन गदै आएका छन् । २०७६ सालमा स्थापना भएको कालिज फर्ममा राई ३ छिवाल कालिज लगाएर विक्री गरी सकेका छन् । चल्ला ह्याचरी मार्फत आफैले उत्पादन गर्ने भएकाले कालिज हुकाएर बिक्री गर्दा फाईदा हुने गरेको संचालक राईको भनाई छ । पहिलो र दोस्रो पटक लगाएको कालिजले आफुनो साहु फिताई भईसकेकाले अहिले फर्ममा भएको कालिज नाफामा रहेको संचालक राई बताउँछन् ।
आफ्नो रिसोर्ट भएकाले प्रायः कालिज त्यही खपत हुने गरेको राईले सुनाए । रिसोर्टमा आउने ग्राहकले केही कालिज रिसोर्टमा खाने र स्वाद मन परेपछि लिएर जानेको उनले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए । राईले कालिज प्रतिगोटा ३५ सयमा बिक्री गदै आएका छन् । चल्ला उत्पादन भएको ६ महिना देखि कालिज खान मिल्ने संचालक राईले जानकारी दिए । ३० महिना देखि कालिज व्यवसाय शुरु गरेको अनुभव सुनाउदै राईले कालिज व्यवसाय बाट राम्रो हुने बताए ।
धेरैजसो आफ्नै रिसोर्ट र बाँकी ताप्लेजुङ धरानका होटलाई कालिज बिक्री गदै आएको संचालक राईले बताए । फर्ममा हाल बिक्री गर्न मिल्ने भाले कालिज १२ सय वटा भएको फर्ममा रहेको राईले बताए ।



