समाचारस्वास्थ्यहेडलार्इन

नेकपा माओवादी केन्द्र पार्टीले आँखा क्यन्सर बिरामी बब्पीको उपचार गराउँदै

धरान,koshipost.com  
नेकपा माओवादी केन्द्र पार्टीले आँखा क्यान्सर बिरामी बब्पी दतको उपचार गराउदै आएको छ । सुनसरीको धरान उपमहानगरपालिका वार्ड नं. ३ का पार्टी वडाअध्यक्ष मिङ्मा भोटेको संयोजनमा आर्थिक विपन्न क्यान्सर रोगी दतको उपचार गराईरहेको हो । आर्थिक विपन्न क्यान्सर पिडित दतले सहयोग गर्न आग्रह गदै पार्टीलाई अनुरोध गरेपछि मिङ्मा भोटेको संयोजनमा आर्थिक संकलन गरेर उपचार गरी पिडितलाई सहयोग गर्ने निर्यण भएको पार्टीका ३ नम्बर वडाअध्यक्ष भोटेले जानकारी दिए । क्यान्सर पिडित दतको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।


‘क्यान्सर पिडित दत मानसिक रोगी पनि हुन् । म पार्टीको ३ नम्बर वडाअध्यक्ष भएकाले हाम्रो वडावासी दतको आर्थिक कम्जोर भएका कारण उनलाई हाम्रो पार्टीले आर्थिक सहयोग र औषधी बाँकी गराई दिने सल्लाह भए बमोजिम केही दिन अगाडी हामीले उनलाई ३० हजार नगद संकलन गरेर दिईसकेका छौं । उनको पारिवारिक आर्थिक अवस्था नाजुक छ कमाउने कोही छैन, औषधी पसलमा १ लाख २० हजार बढी औषधीको बाँकी भईसक्यो स्थानीय चुनाव नजिकिएकाले हामीले आर्थिक संकलन गर्न भ्याएका छैनौं । आर्थिक संकलन गर्न नसक्दा त्यो बाँकी रकम हामीले व्होर्नु पर्छ । दत जस्ता आर्थिक विपन्न बिरामीहरुलाई हामीले आर्थिक र दैनिक उपभोग्य सामाग्री सहयोग गदै आएका छौं’ वडाअध्यक्ष भोटेले कोशीपोष्ट डटकम संग कुराकानी गदै सुनाए ।


छोराको उपचारमा धेरै खर्च भईसकेकाले उपचार गर्ने र औषधीको पैसा तिर्ने पैसा आफुहरु संग नभएको क्यान्सर रोगी दतको आमा पूर्णिमा दतले बताईन् । ‘हामी जस्तो गरिवलाई यस्तो रोग लाग्यो पहिला पहिला त आफु संग भएको पैसाले छोराको उपचार गराएयौं अहिले औषधीको पैसा तिर्न सकेका छैनौं नेकपा माओवादीको अध्यक्ष मिङ्मा भोटेले औषधी पसलमा औषधी बाँकी भनीदनु भएको थियो त्यसैले औषधी बाँकी दिदै थियो पसलले तर औषधीको पैसा धेरै पुगिसकेको रहेछ । औषधी पसलमा अब हामी औषधी बाँकी दिन सक्दैनौं पहिला पुरानो पैसा तिनु अनि औषधी लिन आउनु भनेका छन् । मैले भोटे सरलाई फोन गरेर औषधीको बाँँकी पैसा धेरै भएछ औषधी दिन मानेन सुनाएकी थिए । उहाँले म फोन गरी दिन्छु मेडिकलमा औषधी चलाउदै गर्नु भन्नु भएको छ । खै हजुर के हुन्छ हामी गरिब मान्छे घर पनि छैन भाडामा बस्छौं आफु संग पैसा छैन, वीपीमा ल्याउनु भन्दा पहिला विराटनगरमा उपचार गराउँदा २ लाख ८० हजार खर्च भईसकेको छ । सहयोग पाए छोरालाई बचाउन सकिन्थ्यो होला माओवादी पार्टीले सहयोग गदैछ हजुर’ कोशीपोष्ट डटकम संग कुरा गदै पूर्णिमाले भनिन् ।


एकासी आँखामा सानो मासुको डल्ला जस्तो आएर उपाचार गर्न जादा डाक्टरले अप्रेशन गर्नु भनेको बिरामी बब्पी दतले बताए । ‘एकासी आँखामा सानो मासुको डल्ला जस्तो देखियो उपचार गर्न जादा डाक्टरले अप्रेशन गर्नु भन्यो अप्रेशन गरियो पर्छि म एकदिन बेहोस जस्तै भएछु मलाई उपचार गर्न लैजाऊ भनेछु त्यसबेला उपचारमा जादा डाक्टरले आँखामा क्यान्सर भएको भने म छक्क परे हामी संग पैसा थिएन बुबाले सानो व्यापार गर्नु हुन्थ्यो त्यो पनि मेरो उपचारमा नै सकियो अहिले आम्दानीको स्रोत केही पनि छैन सर म बाँच्न चाहान्छु सहयोग पाए मेरो उपचार हुन्छ रे डाक्टरले भन्नु भएको म ४० बर्ष नपुग्दै यस्तो रोग लाग्यो सर, नेकपा माओवादी पार्टीको मान्छे मिङ्मा भोटे सरले औषधी बाँकी भनीदिनु भएर आज सम्म औषधी बाँकी दिदै थियो । मेडिकलमा पनि औषधीको पैसा बाँकी धेरै भयो रे अब पैसा नतिरी औषधी नदिने भनेर आमालाई फोन गरेका रहेछन्् केही साथीभाईले दिएको सहयोगले औषधी खादैछु । मलाई सहयोगी मनहरुले सहयोग गरीदिनु भयो भने म बाचेर सबैको ऋण र गुण तिर्ने थिए सर’ बब्पीले बिलौना सुनाउदै जिवन रक्षाका लागि अनुरोध गरेका छन् ।


Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button