Uncategorizedराजनीतिसमाचारहेडलार्इन

माओवादी केन्द्रद्धारा ३ सय १ सदस्यिय निर्वाचन परिचालन समिति घोषणा, धरानमा निर्वाचन परिचालन कार्यालय उद्घाटन

धरान,koshipost.com
नेकपा माओवादी केन्द्रद्धारा ३ सय १ सदस्यिय निर्वाचन परिचालन समिति घोषणा गदै धरान (१५ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन गरेको छ । पार्टीले सोमबार एक कार्यक्रमका बिच ३ सय १ सदस्यिय १५ नम्बर वडा निर्वाचन परिचालन समिति घोषणा गरेको हो । पार्टीका धरान नगर सह(इन्चार्ज दिल बहादुर रामदामले प्रदेश नम्बर १ का सदस्य एबम सुनसरी जिल्लाका सह(इन्चार्ज अइन्द्र बिक्रम बेघाको सम्योजकत्वमा समितिको घोषणा गरेका हुन।कार्यक्रमका प्रमुख अतिथी पाटीका केन्द्रीय सदस्य किरण राईले धरान(१५ स्थित श्याम चोकमा रिबन काटेर निर्वाचन परिचालन समिति कार्यालयको उद्घाटन गरेका हुन् ।


एक छाक मासुभात, बियर, रक्सी र पैसामा आफ्नो अमुल्य मत नसाट्न प्रमुख अतिथी राईले आग्रह गरेका छन् । जनाताको पार्टी माओवादी भएको बताउदै आगामी बैशाख(३० गते हुन गईरेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई जिताउन समेत राईले आग्रह गरेका छन् । धरानको खाने पानीको बिषयमा धेरैले कुरा उठाउछन् तर कुरा उठाएर मात्र हुदैन त्यसको समाधान खोज्नु ठूलो कुरा हो नेता राईले कार्यालय उद्घाटनमा बोल्दै बताए । उनले भने,ूकोशीको पानी खुवाउने कुरा बोलेर मात्र हुदैन, त्यसलाई व्यबहारिक रुपले हेर्दा प्राबिधिक कुराहरु के के हुन गहिरिएर अध्ययन गरेर मात्र कुनै पनि पार्टीका नेताले बोले हुन्थ्यो जनतालाई भ्रममा पार्नु नहुने उनले बताए ।


पार्टीका १ नम्बर प्रदेस समितिका सदस्य एबम १५ नम्बर वडा निर्वाचन परिचालन समितिका सम्योजक अइन्द्र बेघाले बिचार, सिद्धान्त र आदर्सका कारण काङ्ग्रेस(माओवादी मिलेको नभई सम्बिधान र ब्यबस्थाको रक्षा गर्न गठबन्धन भएको बताए । गठबन्धन भएको कुरालाई कांग्रेस, माओवादी मिलेको भनेर भ्रममा नपर्न पनि नेता बेघाले जानकारी गराए ।


आगामी बैशाख(३० गते हुने स्थानीय तहको चुनावमा निर्धक्क भएर नेकपा माओवादीलाई मतदान गर्न माओवादी केन्द्र १५ नम्बर वडाका अध्यक्ष सुबास खबासले आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु अशोक राई, खेम रनपहेली, राजेन्द्र किराँती, वाईसिएलका पुर्ब केन्द्रीय सदस्य पुर्ण भुजेल(चिन्तन), वाईसिएल धरानका अध्यक्ष नवीन केसी पार्टी निकट नेपाल बुद्धिजीवी सङ्गठन धरानका अध्यक्ष तिलक कालीकोटे लगायतको उपस्थिति रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button