Uncategorizedसमाचारस्वास्थ्यहेडलार्इन

धरानका १८ जना आँखा रोगीले निःशुल्क आँखा अप्रेशन गराए,१ सय १८ जनाले निःशुल्क आँखा चेकजाँच गराए (भिडियो सहित

धरान,koshipost.com
सुनसरीको धरानमा बसोबास गर्ने अपाङ दिर्घरोगी एकल महिला बृद्ध बृद्धाहरुले निःशुल्क आँखा जाँच गराएका छन् । अपाङ्ग पुनःस्थापना तथा असाहय सेवा केन्द्र नेपालले आयोजना गरेको निःशुल्क आँखा शिविरमा १ सय १८ जनाले निःशुल्क आँखा चेकजाँच गराएका छन् भने १८ जनाले निःशुल्क आँखा अप्रेशन गराएको हो ।


नियामित मासिक रुपमा र त्रैमासिक रुपमा निःशुल्क आँखा शिविर संचालन गदै आएको आयोजक संस्थाका कार्यकारी निर्देशक सुनिल खड्काले जानकारी दिए । सेवा केन्द्र नेपालले महिनामा एक पटक र ढिलोमा प्रत्येक ३ महिनामा अपाङ दिनदुखी,एकल महिला,बृद्धा बृद्ध , दिर्घारोगी आर्थिक विपन्न असाहयलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क आँखा शिविर संचालन गदै आएको निर्देशक खड्काले कोशीपोष्ट डटकमको कुराकानीमा बताए । निःशुल्क आँखा शिविरमा आँखा चेकजाँचको संगै अप्रेशन गर्न डाक्टरको सिफारिसमा १८ जनालाई अप्रेशनका लागि विराटनगर पठाईएको र चश्मा पनि उपलब्ध गराएको बताए ।


‘हाम्रो संस्थाको आयोजनामा हामीले यो निःशुल्क आँखा शिविर राखेका हौं । मानिसको सबैभन्दा महत्वपूर्ण अंग आँखा भएकले आर्थिक विपन्न तथा बृद्धा बृद्धहरुलाई राहत मिलोस् भन्ने उद्देश्यले हामीले सकेको बेला महिनामा नत्र भने प्रत्येक ३ । ३ महिनामा निःशुल्क आँखा शिविर संचालन गदै आएका छौं । शिविरमा आँखा चेकजाँच मात्र होइन अप्रेशन गर्नु पर्ने बिरामी पनि भएकाले हाम्रो संस्थाको सम्पूर्ण खर्चमा बिरामीलाई विराटनगर पठाएका हौंं’ । निर्देशक खड्काले भने


यस भन्दा अघि पनि यस संस्थाको आयोजनामा निःशुल्क आँखा शिविर संचालन गरिएको थियो । उक्त आँखा शिविरमा १ सय १२ जनाले निःशुल्क आँखा चेकजाँच गराएका थिए भने १२ जनाले निःशुल्क आँखा अप्रेशन गराएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button