
धरान,koshipost.com
चुनाव विश्लेषण कार्यक्रमलाई लक्षित गरी प्रा.डा. टंक न्यौपाने संग गरिएको चुनाव विषेश कुराकानी यस्ता रहेका छन् ।
१. धरानमा स्थानीय तहको निर्वाचनलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
– अहिलेको चुनाव एकदमै महत्वपुर्ण रहको छ । धरान भनेको एक किसिमको कम्युनिष्टहरुको गढ भनिन्थ्यो । उप निर्वाचनमा कम्युनिष्ट भनिएको धरानको विरासत ढल्यो । एमालेबाट उठेका मेयरका प्रत्यासी उम्मेद्धवार प्रकास राई पराजित भए । यसका थुप्रै कारणहरु छन प्रसङ आयो भने म भनौला ।
२. यहाँको विश्लेषणमा गुमेको साख एमालेले स्थानिय निर्वाचनबाट फर्काउछ ?
– फर्काउने सम्भावना केहि कारणले छ । धरानले पहिलो पटक ऐतिहासिक अवसर पाएको छ । मानिसहरु आम नेपालीहरु धरानेहरु मात्र हैन सम्पूर्ण नेपालकाले समावेशी भन्छन् समानुपातिक भन्छन्, महिलाको कुरा गर्छन् । यहाँको महिलाहरु सांसदहरु भए तर कार्यकारी प्रमुख कोही महिला भएको छैन । तर पहिलो पटक धराने महिला उमेरद्धार पाएको छ । त्यो पनि युवा, जोस जाँगरकी मन्जु भण्डारी योग्य उमेरद्धार पाएको छ । दुई अढाई वर्ष उनले काम गर्दा खेरी उनी बदनाम भएकी थिईनन्, छैन । यस कारण भ्रष्टचार हुदैन भन्ने एउटा विश्वास छ । महिलाले नेतृत्व गरि सके पछि महिलाहरु महिलाकै पक्षमा हुन्छन् भन्ने मलाई लाग्दछ । धेरै कम ठाँउमा मात्रै महिला उमेरद्धार भएका छन् । त्यसकारण पनि यसपालीको धरानको मेयरमा मन्जु भण्डारी सहितको उम्मेद्धवारकै जित सुनिश्चित छ ।
३. एमालेको मन्जु भण्डारीले नै जित्ने आधार चाहि के छ त ?
महिलाहरुलाई नेतृत्वमा पुर्याउने यस पालीको निर्वाचनमा देखिएन । त्यसैले महिलाको संभावना अहिले बढी छ । मैले त्यो सर्बेक्षण गरेको छु । सर्बेक्षण गर्दा मन्जु भण्डारीको जीत निश्चित छ भन्छन् । मैले सुकुम्बासीसँग पनि सोधे । धरानमा सुकुम्बासीको छ । उनीहरुको भोट बढी जता जान्छ उसले जित्ने सम्भावना छ । उमेरद्धारी पाउनु भन्दा पहिले पनि मैले सोधेको थिए । सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राई राजिनामा दिएर ल्याउनेकी, पूर्व मेयर मनोजकुमार मेन्याङ्बोलाई दिनेकी मन्जु भण्डारीलाई दिनेकी भनेर सोध्दा मन्जु भण्डारी पनि ठिकै छ भनेर भने ती जवाफ दिने एमाले पनि होइन कांग्रेस पनि होइन ती सामान्य सुकुम्बासी हुन् । त्यहिले गर्दा सम्भावना अलि बढी मन्जु भण्डारीको देखे । जित्ने मैले राम्रै देखेको छु ।
४. कत्ति मत अन्तरले तल माथि होला ?
– मत अन्तर, मेरो बिचारमा ४ देखि ५ हजारको मत अन्तरले हुन्छ । ४÷ ५ हजार भनेको पनि धेरै हो । राम्रै लक्षण देखियो । म एमाले पनि हैन, एमालेको संगठन के छ थाहा छैन मलाई । एमालेलाई भन्दा पनि मन्जु भण्डारीलाई स्थानिय तहमा के हुन्छ भने हाम्रो बिजयपुरमा पनि त्यस्तै केस उठेको छ । उनीहरुले स्थानिय तहमा चाहि काम गर्न सक्नेलाई मत दिने भन्छन् । अब किशोर राईको म बिरोध गर्दिन कांग्रेसबाट उनी उमेरद्धार उठे ठिकै छ सक्रिय नै हुन् तर उनी माथि एउटा प्रश्न उठेको छ । उनले २० वर्षमा संयन्त्रमा बसेर के गरे । मन्जु भण्डारी त बसेको हैन । तारा सुब्बा बसे । तर तारा सुब्बाले त्यस्तो केहि हस्तक्षेप गरेनन् । उनी धेरै बोल्दैन थे, मौन बस्थे । तर बोलि सके पछि उनको कुरा कसैले काट्न सक्दैनथे । त्यस कारणले एमाले धरान नगरमा बदनाम भईसकेको छैन । तर अहिलेको मुलुकको सबै तिर राजनीतिमा त भ्रष्टचार छ । खान जाने राजनीति व्यापार भएको छ । कमसे कम त्यो काम एमालेले गरेन । पूर्व मेयर ध्यानबहादुर राईको पालामा पनि गरेन पूर्व मेयर मनोजकुमार मेन्याङ्बोको पालामा पनि भ्रष्टचार भएन । यस अघिका मेयरका उमेरद्धारा प्रकास राई त हारिहाले। मन्जु भण्डारी पनि उपमेयर भएको बेला पनि उनले भ्रष्टचार गरिनन् ।
५. उम्मेद्धवारले अव कस्ता एजेण्डा लिएर जनताको घरदैलोमा जानु पर्छ ?
म के सुझाव दिन चाहन्छु भने, अब यस पालीको स्थानिय तहको निर्वाचनको लागि जो एमालेबाट मेयरको उमेरद्धार हुनुहुन्छ मन्जु भण्डारी, वहाँले एउटा एजेण्डा तयार गर्नुपर्छ । त्यो एजेण्डा के हुन सक्छ भने सरकारले सामुदायिक विद्यालय कक्षा १० सम्म निशुल्क गरेको छ । तर पनि विद्यालयले कुनै न कुनै नाममा शुल्क लिने गरेको छ । त्यो शुल्कलाई चाहि पूर्ण रुपमा निशुल्क गर्नु पर्छ । त्यो एमालेको घोषणा पत्रमा आउनु पर्यो । सामुदायिक विद्यालयमा कक्षा १० सम्म कुनै पनि शुल्क लिनु हुदैन भनेर घोषणा पत्र बनाउनु पर्छ । त्यस्तो घोषणा पत्र बनाएर जनताको माझ जानु भयो भने एमालेले जित्छ । अझ मन्जु भण्डारीको व्यक्तित्व पनि राम्रो छ । यस्तो किसिमको घोषणा पत्र एमालेले बनाएको छ भने राम्रो बनाएको छैन भने पनि बनाउनु पर्यो, आम सभामा पनि राख्नु पर्यो । स्वास्थ्यमा ईन्स्युरेन्स गराउने जत्ति धेरै गराउन सक्छ । अरु विजुली पानीको विषयमा त्यो सम्भब छैन । किनभने हाम्रो सँस्कार के छ भने दिनमा १ सय लिटर पानी लाग्छ मान्छेलाई यसैगरी सरसफाई गर्न, घर पालुवा पशुलाई पनि पानी खुवाईन्छ । जसले अतिरिक्त पानी खर्च हुन्छ । त्यो धान्न सकिदैन । त्यसैले त्यो नहुने कुरा नगरौं । तर शिक्षा र स्वास्थ्य चाँहि हुन सक्छ । सरकारको पनि प्रतिवद्धता छ र स्थानिय तहको हेर्ने हो भने नगर पालिकाले गर्ने हो । त्यति नियन्त्रण एमालेले गरे एमालेले जित्छ, अरुले गरो अरुले जित्छ । किनभने अधिकांश जनता सुकुम्बासी छन्, यहाँका उनीहरुले पैसा तिर्न सक्दैनन् । त्यति गरे भने एमालेबाट मन्जु भण्डारीको विजय सुनिश्चित छ ।
७. यहाँ धरानको वडा नंबर १४ निवासी पनि हुनु हुन्छ, १४ नंम्बर वडामा एक खालको माहौल धरान उपमहानगर पालिका भित्र अलिक फरक देखिएको छ । नेपाली कांग्रेस परित्याग गरेर तत्कालिन वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले राप्रापाबाट उमेरद्धारी दिनु भएको छ । यसबाट मतदातालाई प्रभाव पार्न सक्छ भन्ने विश्लेषणहरु छ नि, यसमा के भन्नु हुन्छ ?
– धरान १४ को परिस्थिति बडो अप्ठ्यारो छ । त्यहाँ अहिले त्रिकोणात्मक द्वन्द देखिदैछ । कृष्णप्रसाद भट्टराई अघिल्लो स्थानिय तहको चुनाब कांग्रेसबाट चुनावामा उठे उनी जन्मजात रुपमा कांग्रेस होईन । उनले चुनावमा उठ्दा कांग्रेस भएर उठे पनि सबै खाले पार्टीकाले उनलाई भोट दिएर वडा अध्यक्षममा जिताए । नराम्रो काम गरेन, काम गर्ने क्रममा पैसा कमि भएमा आफनै गोजीबाट पनि झिकेर पनि हाल्छ । उनलाई कांग्रेसले टिकट दिनु पर्थो, दिएन त्यो पनि ठिकै छ । कांग्रेसको नीति नियमले मिलेन दिएन । अहिले उनी राप्रापामा गए र उमेरद्धार दिए। उनले फिर्ता दिन्छ, दिदैन थाहा भएन । तर पनि भोट राम्रो ल्याउछन् । यसको लक्षण के छ भने धरान १४ मा एमालेको चिठ्ठा पर्छ जस्तो छ ।
८. आम धरान नगरबासीलाई अन्त्यमा के भन्न चाहनु हुन्छ ?
। महिला नेतृत्व धरानले पाएको छ । त्यहि छ ठुलो कुरा, यो सफलता हो, गौरव हो । महिलाहरु, हाम्रो छोरी चेली, बुहारीहरु उनको उमेरद्धारी देखि खुशी छन् महिलाले उमेरद्धारी पायो भनेर । यस कारण यो अवसर धरानले गुमाउनु हुदैन । यो इतिहास हो । फेसि पनि महिलाहरुले पाउछन् भन्ने विश्वास छैन । किनकी यहाँ धेरै महिलाहरु एमालेका थिए त केन्द्रिय सदस्य भए । त्यो जोश जागर भएको त्यसमाथि पनि महिला भएको हुनाले यो अवसर धरान गुमाउनु हुदैन भन्ने मलाई लागेको छ ।