राजनीतिसमाचारहेडलार्इन

धरानमा गठबन्धबाट छुटेका पार्टी मेयरमा किशोर राई र उपमेयरमा अइन्द्र बेघालाई जिताउन लाग्ने भिडियो सहित

धरान,koshipost.com
बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन बाहिर रहेको जनता समाजवादी पार्टी (जसपा) ले पनि गठबन्धनको मेयर उपमेयर उम्मेद्वारलाई सघाउने भएको छ ।

मेयर उपमेयरसहित १५ वटा वडामा उम्मेद्वारी दर्ता गराएको जसपासँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सहमति भएको हो । अब ४ दलीय गठबन्धनबाट मेयरका उम्मेद्वार किसोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघा मात्र रहेको पत्रकार सम्मेलनमार्फत गठबन्धन दलहरुले उद्घोष गरेका छन् । यसअघि सहमति विथोलिदा मेयर र उपमेयरमा जसपा र एकीकृत समाजवादीले पनि उम्मेद्वारी दिएको थियो ।

एकीकृत समाजवादीले उम्मेद्वारी मनोनयन फिर्ता लिने अवधिभित्रै मेयर र उपमेयरको उम्मेद्वारी फिर्ता लिएर गठबन्धनमा सामेल भएको थियो भने जसपाले आज ९मंगलबार० मात्र गठबन्धनको मेयर र उपमेयर उम्मेद्वारलाई समर्थन गर्ने घोषणा गरेको हो । अब जसपाको सम्पुर्ण शक्ति मेयर र उपमेयरमा गठबन्धनका उम्मेद्वारलाई जिताउन लागिपर्ने जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताए ।

यस्तो सहमतिमा गठबन्धमा आए

लोकतान्त्रिक वाम गठबन्धनमा रहेको चार दलीय गठबन्धनबीच ७ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा नगर प्रमुखमा कांग्रेसका किशोर राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघालाई सघाउने सहमति छ । यस्तै, धरानको वडा नं ४ मा नेकपा एकीकृत समाजवादीलाई सघाउने, सबै दलले आफ्नो उम्मेद्वारी नदिएको वडाहरुमा गठबन्धनका उम्मेद्वारहरुलाई सघाउने, सबै दलले गठबन्धन भएको वडाहरुमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति छ ।

यसैगरि, गठबन्धन दलका उम्मेद्वारले जितेको वडा र नगरमा गठबन्धन दलको राजनीतिक संयन्त्र निर्माण गरी साझा नीति तथा कार्यक्रम बनाउने र वडा तथा नगरमा बन्ने विभिन्न बिषयगत समिति, उपसमितिहरुमा सम्मानजनक सहभागिता गराएर वडा तथा नगर सञ्चालन गर्ने सहमति भएको छ । जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख पदमा दिएको उम्मेद्वारलाई निष्कृय पार्ने साथै वडाहरुभमा दिएको उम्मेद्वारीहरुलाई पनि सबै दलले सम्भव भएसम्म समझदारीमा ल्याउन पहल गर्ने लगायत सहमति भएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button