राजनीतिसमाचारहेडलार्इन

धरान १६ मा वडाको विकास र शुसासनका लागि हिमालको उम्मेद्वारी


धरान, koshipost.com


धरान र नेकपा एमालेले धरान १६ नं वडामा यूवा पुस्ताको हस्तिका रुपमा उदय भइरहेका हिमाल कार्कीलाई वडाध्यक्षको रुपमा अगाडी सारेको छ । प्रदेश नं १ कै पहाडी भेगमा रहेको ओखलढङ्गा जिल्ला हालको सिद्धिचरण नगरपालिका १ मा जन्मिएका उनि ०५२ साल देखि धरानमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् । ०५४ साल देखि विद्यार्थी राजनिति क्षेत्रमा अगाडी बढेका कार्की हाल नेकपा एमालेको तर्फबाट धरान उमहानगरपालिका १६ नं वडाको वडाध्यक्षका उम्मेद्वार हुन् ।


प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएका कार्कीको राजनितिमा लाग्नुको प्रमुख कारण उनका गुरु हुन् । जो केदार बस्नेत सिद्धिचरण नगरपालिकाका उपमेयरका उम्मेद्वार समेत रहेका छन् । उनले माध्यमिक तहको अध्ययन गरेको हिमालयन माध्यमिक विद्यालयमा (गणित) अल्जेब्रा विषय पढाउने गुरुकै कारण सक्रिय राजनितिमा लागेको वताउँछन् ।
बामपन्थी बिचारधारा माक्र्सबाद लेनिनवादबाट प्रभावित भएर समाज रुपान्तरण गर्ने, विकृति, विसंगति हटाउने अठोट सहित राजनितामा लागेको उनि वताउँछन् । जस्को नीति उसैको नेतृत्व भने झैं जस्ले सामजमा परिवर्तन गर्छु भन्ने सोच्छ उ आफै अगाडी नबढी समाजमा न्याय दिलाउन नसक्ने बताउँदै समाजमा न्यायको अनुभति दिलाउन राजनीतिमा सक्रिय रहेका छन् ।
वडाका समस्या
आफ्नो मात्र वडामा नभएर समग्र धरानमा उनि खानेपानीको समस्या रहेको बताउँछन् । सर्दुखोलामा उचित ब्यवस्थापन गर्न नसक्दा त्यहाँ रहेका वडाबासीहरुले वर्षेनी समस्या भोग्दै आएका छन् । सर्दुखोलाका आसपासमा रहेका बस्तीमा बसोबास गर्ने मानिसहरु वर्षाको समयमा रातभरी नसुति जाँगै बस्नु परेको विषयमा आफू जानकार रहेको बताउँछन् ।


त्यस्तै १६ नं वडामा मात्र नभई समग्र धरानमा यूवाहरु दुर्यव्सनमा फस्ने लागुपदार्थहरु सेवन गर्ने बेरोजगारीको समस्या रहेको बताउँछन् । १६ न।ं वडा घना वस्ती रहेको वडा भएको बताउँदै उनले यहाँ प्रहरी चौकी नहुँदा शान्ति सुरक्षाको हिसाबले चुनौती रहेको बताए । अति न्यून आय भएका मानिसहरुको पनि बसोबास यस वडामा रहेकाले उनीहरुको स्वास्थ उपचारदेखि खाद्यान्नको समेत जोहो गर्न नसक्ने गरिव असहायहरु छन् ।

के छन् त उनका योजनाहरु ?
कुनै ठूला सपना बाढ्ने पक्षमा उनि छैन्न । जनताको सामान्य आधारभूत समस्या समाधान गर्ने योजना छ । खानेपानीको समस्या समाधनका लागि निर्वाचित भएर आएसँगै सरोकारवाला निकायहरुसँग समन्वय गरेर आवश्यक कदम उठाएर चाँडो भन्दा चाँडो खानेपानीको समस्या समाधन गर्न आफू लाग्ने बताउँछन् । खोला किनारमा रहेका बस्तीहरुलाई वर्षा याममा हुने क्षति न्यूनिकरण गर्न पक्की ड्याम निमार्ण गर्ने, युवाहरुलाई कुलतमा फस्न नदिन उनीहरुलाई मस्तिष्कमा त्यस्ता कुराहरुको सोच आउन नदिन रोजगारीको सिर्जना गर्ने योजना रहेको छ । फूर्सदिलो समयमा मानिसको मस्तिष्कमा त्यस्ता खालको नकारात्मक कुराहरु आउने बताउँदै यूवाहरुलाई त्यस्ता कुराबाट टाढै राख्न खेलकुदको क्षेत्रमा, शिक्षा क्षेत्रको आवश्यक पूुर्वाधार निमार्ण वडामा गरि यूवाहरुलाई त्यस्ता कुराबाट टाढा राख्न सकिने उनको भनाई छ ।

जन घनत्वका हिसाब १६ नं वडाको जनसंख्या अन्य वडाहरुको तुलनामा धेरै रहेको बताउँदै शान्ति सुरक्षाको कायम गर्न यहाँ एउटा प्रहरी चौकी आवश्यक रहेको बताउँछन् । निर्वाचित भएर आए लग्तै प्रहरी चौकी निमार्णका लागी आवश्यक पहल गर्ने उनको भनाई छ । उनि भन्छन्, ‘वडामा रहेका अति विपन्न परिवालाई यसअघिको दिलकुमार गिरीको कार्यकालको लोकप्रिय काम जुन गरिब न्यून आय भएकाहरुलाई रासन कार्ड बाढ्ने काम भएको थियो त्यसलाई थप व्यवस्थित र वृद्धि गरि सञ्चालनमा निरन्तरता दिने छु । वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि एम्बुलेन्स खरिद गरि सञ्चालन गर्ने छु ।’

त्यस्तै, १६ नं वडामै रहेको प्रादेशिक स्तरको रंगशालालाई थप व्यवस्थित बनाउने उनको सोच रहेको छ । वडाको बजेटले मात्र त्यो सम्भव नरहने बताँउदै प्रदेश, संघको समन्वयमा मेघा प्रोजेक्टको रुपमा त्यसको स्तरीकरण गर्ने बताऐ । उनको अन्य वडाध्यक्षका उम्मेद्वार भन्दा केही फरक पृथक सोचाईका छन् । उनि चिल्ला सडक, ठूला ठूला भौतिक निमार्णलाई मात्र विकास मान्न तयार छैनन् ।


तारा सुब्बा स्मृति पार्कको कामलाई सम्पन्न गरी त्यसलाई अन्तरिक पर्यटनको केन्द्र विन्दु बनाउने, सुगर प्रेशर विरामीका लागि निःशुल्क औषधी वितरण, वडाका निमार्णाधिन सडकहरुलाई निमार्ण सम्पन्न गरी आगामी ५ वर्ष भित्र वडालाई कच्ची सडक मुक्त बनाउने, सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धाहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै त्यसलाई व्यवस्थित बनाई घर घरमै पु¥याउने पहल गरिने सम्मका लोकप्रिय कामहरु उनले अघि सारेका छन् ।

यसअघिको दिलकुमार गिरीको नेतृत्वमा रहेको वडा सरकारले गरेको कामको प्रचार कम भएको बताउँदै विपक्षी मित्रहरुले गरेको कुराहरु सबै झुठो भएको उनले बताए । यसअघि दिलकुमार गिरीको कार्यकालमा भएका विकास निमार्णका प्रगति विवरण सहित हामी घरदैलो कार्यक्रममा भएकाले आफ्नो जीत सुनिश्चत भएको उनि बताउँछन् । अघिल्लो वडा सरकारले १० किमी सडक कालोपत्रे, ६ किमी ड्रेन एजिङ वाल निमार्ण सम्पन्न गरिसकेको छ । जनता यी कामबाट खुुसी भएका बताउँदै बाँकी कामहरु पुरा गर्न आफूू नेतृत्वमा आउन चाहेको उनले बताए । काँग्रेसको नेतृत्वमा विकास, सुशान, कायम गर्ने कुरामा यहाँका वडावासीहरु पत्याउन गाह्रै पर्ने उनले बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button