राजनीतिसमाचारहेडलार्इन

बिजयपुरमा पर्यटक आकर्षण गर्ने योजना ल्याउन गठबन्धनका उम्मेद्धवारलाई स्थानीयको अनुरोध

धरान,koshipos.tcom
विजयपुरमा पर्यटकलाई आकर्षण गर्ने खालको योजना ल्याउन गठबन्धनका उम्मेद्धवारलाई स्थानीयवासीले अनुरोध गरेका छन् । लोकतान्त्रीक बाम गठबन्धनका मेयर उम्मेद्वार कांग्रेसका किशोर राई र उप(मेयर माओवादीका अइन्द्र बेघा सयौं नेता कार्यकर्ता सहित घरदैलो कार्यक्रम लिएर धरान १४ बिजयपुर पुगेको बेला विजयपुरवासी यस्तो अनुरोध गरेका हुन् ।


घरदैलोका क्रममा प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिर आसपासका क्षेत्रमा पुग्दा स्थानिय बासिले बिजयपुरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सुझाव फिए।पिन्डेश्वर मन्दिर नजिकै रुद्राक्षको ब्यापार गर्दै आएका सन्तोष लामिछनेले पर्यटकहरुलाई आकर्षण गर्ने योजना ल्याउन उम्मेद्वारहरु समक्ष माग गरे।उनले भने (ूयो पर्यटकिय ठाउ हो तर हामिलाई प्लाष्टिकको छानो मुनि रुद्राक्ष ब्यबसाय गरेर बसेका छौ, सटरहरु बनाई दिएर हामीलाई ब्यबस्थित गरिदिए हुन्थ्योू।अर्का स्थानिय अमर गुरुङ्ले यति प्रशिद्ध पर्यटकिय ठाउ भएर पनि अपेक्षा अनुसार पर्यटकहरु नआएको दुखेसो सुनाए ।


धरानको विजयपुरलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउन सके नगरले मनग्गे आम्दानी गर्ने स्थानीयवासी गुरुङ्क बताउँछन् । १४ नम्बरवासीलाई भोट माग्दै मेयरका उम्मेद्वार राईले आफुहरुले जितेर गए पछि धरानको पर्यटनको सवालमा बिजयपुरलाई नै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न पहिलो प्राथमिकता दिने बताए । यस्तै , उप(मेयरका उम्मेद्वार अइन्द्र बेघाले यस पटकको निर्वाचनमा धरानमा गठबन्धनको स्थानीय सरकार बने बिजयपुरलाई बृहत्तर धार्मिक क्षेत्रको रुपमा बिकास गर्ने स्थानीय संग कुरा गदै भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button