राजनीतिसमाचारहेडलार्इन

चुनावमा भोट माग्न आउँदा उम्मेद्वारले गरेका बाचा चुनाव जितेर गएपछि बिर्षन्छन् २० नम्बर वडावासीको दुखेसो

धरान,koshipost.com
उमेरले ८४ बर्ष नागेका धरान– २० विष्णुपादुकाका ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै आउनु भएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता–कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको उहाँको गुनासो छ । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि विर्सने गरेको उहाँले तितो अनुभव सुनाउनु भयो । ‘एउटा चुनाव एउटा बाचा गर्छन र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।’–विष्णुपादुकामा भेटिनु भएका राईले भन्नु भयो ।


पछिल्लो पटक २०७४ को वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उहाँले मत खसाल्नु भएको थियो । सडक नजिक घर भएका राईले विगत २०५१ सालदेखि धुलो खादैं बसेको स्मरण गराउनु भयो । उहाँले आज भोट माग्दैं विष्णुपादुका पुग्नु भएका नेकपा एमालेको तर्फबाट मेयरका उम्मेद्वार मञ्जु भण्डारी, उपमेयरका उम्मेद्वार पदम लिम्बु र वडाध्यक्षका उम्मेद्वार महाशेर राईलाई विन्ती पनि राख्नु भयो । यहाँका नागरिकले भोगेका समस्या समाधान गर्न उहाँले सुझाउनु भएको छ । एमालेको ९ महिने शासनकालमा मनमोहन अधिकारीले शिलान्यास गरेको मंगलबारे–विष्णुपादुका सडक यतिका बर्षसम्म पिस हुन सकेको छैन् । सडक किनारका व्यक्तिहरुले उठाउँदै आएका मुद्दा समाधान गर्न स्थानीयको माग रहेको छ ।
चुनावप्रति नै वितिक्ष्णा जागेको बेला आज मेयर उपमेयर मञ्जु र पदमको उपस्थितिमा यहाँका समस्या समाधानमा प्रतिवद्धता जनाए पछि चुनावमा भाग लिन उत्साह पलाएको उहाँ बताउनु हुन्छ । त्यस्तै अर्का स्थानीय रविन्द्र कार्कीको भनाई पनि अन्य स्थानीयको जस्तै रहेको छ । वडामा राम्रो सडक सञ्जाल र बेला बेलामा माथल्लो भेगमा खानेपानीको समस्या रहेको उहाँले उम्मेद्वारलाई सुनाउनु भयो ।


यता २० नं वडाध्यक्षका उम्मद्वार महाशेर राईले पनि वडामा खानेपानी र कालेपात्रे सडकको अभाव रहेकोले यसलाई संघ प्रदेश र नगरपालिकासँग समन्वय गरेर जित पछि पहिलो प्राथमिकतामा राख्नु प्रतिवद्धता जनाउनु भएको थियो । ‘यहाँको समस्या म आफै भोगि रहेको छु । यो वडा बत्तिमुनीको अध्यारो भएको छ । मैले जिते पछि सडक सुधार, कृषी आधुनिकरण, अदुवा बेसारको बजारीकरणको व्यवस्थापन मेरो पहिलो प्राथमिकता हुने छ ।’–राईले भन्नु भयो–‘ आफूले समेत त्यो समस्या भोगेको बताउँदै उहाँले आफू निर्वाचित भएर एमालेको नेतृत्वको टिमले भञ्ज्याङ चौकसम्म कालोपत्रे सडक निमार्ण गर्ने प्रतिब्द्धता म जनाउछु ।’


मेयरका उम्मेद्वार मञ्जु भण्डारीले कोका खोलामा पक्की पुल, सडक पिच, कृषीमा आधुनिकरण, कृषकलाई मल विउविजनको व्यवस्था तथा धरान –२० लाई पर्यटकीय ग्राम बनाउन पूर्वाधार विकास गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बुको एमालेको सिफारिसमा धरान उपमहानगरपालिकाले २० नं. वडालाई पर्यटकीय ग्राम घोषणा गरेको बताउनु भयो । घोषणा गरे पनि उपमहानगरमा कांग्रेसको नेतृत्व र वडामा एमालेको नेतृत्व हुदा पूर्वाधार विकासका लागि मेयरले कुनै बजेट नदिएकाले पूर्वाधार विकास हुन नसकेको उहाँले बताउनु भयो । ‘बैशाख ३० पछि धरानका सबै वडामा एमालेको नेतृत्व आउने छ । २० नं.मा पनि एमालेको नेतृत्व हुने छ । हामी यहाँको पूर्वाधार विकासदेखि लिएर कृषकका समस्या समाधान गर्ने छौं ।’–लिम्बुले भन्नु भयो ।


२० नं. वडा धार्मिक पर्यटकीय सम्भावना भएको वडा हो , यहाँ कृषी पर्यटनको पनि उतिकै सम्भावना छ । यि सबै पूर्वाधार विकास एमालेको नेतृत्वको सरकारबाट मात्र सम्भव भएको हालका वडाध्यक्ष मणीराम राईले बताउनु भयो । विष्णुपादुमा ५ हजार भन्दा बढि जनसंख्या रहेको छ । ८ सय ५० घरधुरीको बसोवास छ भने मतदाता संखया ३ हजार ६४५ रहेको छ । विष्णुपादुका एमालेको किल्लाको रुपमा मानिदैं आएको छ ।

विवेकको पुतली लाइनलाई नाइट मार्केट वनाउने योजना


धरान । धरान १० का उम्मेदवार बिबेक राई पुतली लाइनका व्यवसायीहरु संग भेट्घाट गरेका छन । उनिहरुको समस्या बारे बुझ्ने र सुझाव लिने काम गरेका छन । व्यवसायीहरुले खाने पानी समस्य , बजार ब्यवस्थापन , सुरक्षा , सडक लगायत बारे समस्या बारे जानकारी र सुझाव दिएका छन ।व्यवसायीहरुले युवाले नै काम गर्न सक्ने भएको हुदा हामी युवालाइ नै आफ्नो जनप्रतिनिधि ल्याउने जनाए ।

भेटघाट कार्यक्रममा निर्वाचन प्रचार बिभाग सह संयोजक एव नेकपा एमाले प्रदेश कमिटी सदस्य भिम राई ज्वाला राई , नेपाल यातायात स्व।मजदुर संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई समेतको उपस्थित रहेको थियो ।उपस्थित धरान १० न। वडाका पुतली लाइनाका व्यवसायीहरुको सम्स्या र सुझाव सुने पछि वडाध्यक्षका उम्मेदवार बिबेक राइले चौबिस घण्टा आफ्नो वडाको सेवाको लागि समय दिने बताए ।

जुनै पनि समय वडा बासिन्दाको समस्या समाधान र सेवाको लागि खटिने उनले बताए ।बजार व्यवस्थापन गरि पुतली लाइनलाइ नाइट मार्केट बनाउने ।यश वडाको जिवनस्तर आर्थिक रुपमा समेत उठाउने ।सुरक्षा प्रदान गरिने ।खानेपानी व्यस्थापन विशेष महत्वका साथ अघि बढाइने ।अशक्त, असहाय, वृद्धहरुलाइ घरमा नै गएर सेवा दिने । यहाको वडा बासिन्दाको स्वास्थ्य , शिक्षा र खेलकुद क्षेत्रको बिकाश र प्रोत्साहन गरिने । यहाको खहरे सम्स्या , सुकुम्बासी बस्तिको सुरक्षा र सेवामा सदा तप्तर रहने । जस्ता प्रतिबद्धता जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button