राजनीतिसमाचारहेडलार्इन

धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसका उम्मेद्धवार जितेन्द्र रुम्दाली राईको टिम विजयी (भिडियो सहित)


भेडेटार,koshipost.com


धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्धवार जितेन्द्र रुम्दाली राईको टिम विजयी भएको छ । गठबन्धनका तर्फबाट राईले उम्मेद्धवारी दिएका थिए । राईले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुमारजंग याख्खालाई ५७१ मतान्तरले पराजित गदै रुम्दाली राई गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन् । विजयी राईले ५ हजार ३ सय ९९ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् ।


निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याख्खाले ४ हजार ८ सय २८ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा एमालेकी मुना राईले ४ हजार ६ सय ५० मत ल्याएर उपमेयर पदमा निर्वाचित बनेकी छिन् । मुनाले गठबन्धनका जनता समाजवादीका उपमेयर लिलाराज लावतीलाई १४ मतले पराजित गदै उनी उपमेयर पदमा विजयी हासिल गरेकी हुन् । यता समाजवादीका लावतीले ४ हजार १३६ मत ल्याएका छन् ।


गाउँपालिकाका १० वटै वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ५ र ७ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं. १, ४, ६, ८, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button