Uncategorizedधर्म संस्कृतिसमाचारहेडलार्इन

प्रकृति पुजक किरात राई समुदायले धरानको भानुचोकमा ढोल झ्याम्टाको तालमा साकेला सिली प्रर्दशन गर्यो (भिडियो सहित)


धरान,koshipost.com

प्रकृति पुजक किरात राई समुदायले धरानको भानुचोकमा ढोल झ्याम्टाको तालमा साकेला सिली प्रर्दशन गरेको छ । धरानमा बसोबास गर्ने किरात राई समुदायले शनिबार धरानको भानुचोकमा धुमधामसँग साकेला उभौली मनाएको हो । किरात राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा भानुचोकमा यलम्बर सम्बत ५०८२ को शुभकामना सहित उभौली मनाएको हुन् । बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा फुकाएर करिब १५ दिन (औशी)सम्म धुमधामसँग साकेला सिली नाचेर राई समुदायले पर्वको रुपमा उभौली मनाउने गरेका छन् । धरानमा हरेक बर्ष उभौलीको अवसरमा दुई सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी साकेला सिली उभौली मनाउने गरिएको छ ।

भानुचोकमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । विभिन्न वडा कार्यसमितिले साकेला नाच प्रर्दशनी गरेका थिए । राई समुदायले लागाएको बालीनाली राम्रो होस्, अन्नवाली सप्रियोस, सह बसोस् र अनिकाल नलागोस्,सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला नाचेर नयाँ अन्नबाली लगाउने गरेको राई समुदायका जानकारहरु बताउँछन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button