समाचारसमाजहेडलार्इन

७० वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

उदयपुर,koshipost.com

७० वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।


बिहीबार बिहान ६ बजे हजुरआमा र नातीबीच जग्गा अंश बण्डाको विषयमा वादविवाद भई झै–झगडा भएको र रिसको आवेगमा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।


घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button