समाचारसमाजहेडलार्इन

घोपा बचाउ अभियानको आन्दोलन ५६ दिनमा वार्ता, कार्यदल बनाउने सहमति भएपनि धर्ना जारी रहने


धरान,koshipost.com
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधारको माग गर्दै शुरु भएको घोपा बचाउ अभियान ५६ औं दिनमा वार्ता भएको छ । सोमबार राती नगर प्रमुख हर्कराज राई (साम्पाङ) को रोहबरमा भएको वार्तामा सहमतिसमेत भएको हो । प्रतिष्ठानका उपकुलपति ड.।ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा।गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसमेत उक्त वार्तामा सहभागी थिए । सेभ घोपा अभियानको तर्फबाट पनि ९ जना वार्तामा सहभागी थिए । वार्तामा सेभ घोपा अभियानको मागहरुमा बुँदागत छलफल भएको थियो । उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.शाहले ती मागहरुबारे केही पुरा भइसकेको र केही लाईनमा रहेको बताए ।


वार्तामा समस्या पहिचान तथा निराकरण गर्न ५ जनाको कार्यदल बनाएर यथास्रिघ समस्या समाधानको कार्य शुरु गर्ने सहमति भएको छ । कार्यदलमा सेभ घोपाको तर्फबाट २ जना सदस्य रहनेछन् भने प्रतिष्ठानको तर्फबाट २ जना र एक जना नगर प्रमुखकोतर्फबाट प्रतिनिधि रहने सहमति भएको छ । सेभ घोपाबाट स्पेन मगर र नविन राईं कार्यदलमा सदस्य रहनेछन् ।

यसैगरि, तत्काल १५ दिनभित्र गर्न सकिने काम गर्ने, बाँकी कार्यदलको सिफारिश वमोजिम गर्ने पनि सहमति भएको छ । निर्देशन अनुसार काम नगर्नेलाई प्रतिष्ठानको नियमावलीमा भएको व्यवस्था वमोजिम कारबाही गर्ने पनि सहमति भएको छ । विगत ५६ दिनदेखि प्रतिष्ठानको डेन्टल गेटबाहिर धर्ना बसेर आन्दोलन गरिरहेका सेभ घोपा अभियान अझै २ सातासम्म जारी रहने प्रमुख अभियन्ता सुदन गुरुङले जानकारी दिए । दुई साताभित्र गर्न सकिने काम हेरेर भएनभएको यकिन भएपछि मात्र आन्दोलन स्थागीत गर्ने र अस्पतालमा फेरि सुधार नभए सशक्त आन्दोलन चर्काउने गुरुङले बताए ।


सोमबार आन्दोलनरत युवाहरुले उपकुलपति कार्यालय परिसरमा क्वार्टर फर्कदै गरेका उपकुलपति डा।गिरीलाई गाडीभित्रै घेराउ गरेपछि नगर प्रमुख राईको पहल र रोहबरमा वार्ता भएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button