समाचारस्वास्थ्यहेडलार्इन

१४ वर्षीया छोरी एक हप्तादेखि बेपत्ता भएपछि खोजतलास गरिदिन बिरामी आमाको अपिल (भिडियो सहित)

[mashshare]

धरान,koshipost.com
१४ वर्षीया छोरी १ हप्तादेखि बेपत्ता भएपछि छोरी खोजतलास गरीदिन बिरामी आमाले अपिल गरेकी छिन् । यही जेष्ठ १३ गते धरानबाट बुबालाई भेट्न भनी झापा गएको बेला जन्मउत्सबको सामान किनमेल गर्न पथरी बजार निस्केको समय त्यहीबाट हराएको उनको आमाले बताईन् । बालिका विगत एक हप्तादेखि हराई रहेकोले खोजि गरिदिन अपिल गरेकी हुन् । हराएकी बालिका धरान–५ मा आमासँग बस्दै आएकी थिइन् । आफु बिरामी परेर वी.पी स्थास्थ्य प्रतिष्ठान गएको बेला बुबालाई भेटेर आउने भन्दै बालिकाको माईजु संग बिदा लिएर गएकी उनकी आमा अर्पना चेम्जोङले बताईन् ।

बालिकाकी बुवा आमा विगत १०–१२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको र बालिका आमासँग बस्ने गरेकी थिइन् । गत फागुन १५ गते बालिकाका बुवा हस्तबहादुर साम्बाले जन्मदर्ता ल्याइदिएर आएदेखि छोरी बुवासँग पनि जाने गरेको आमाले जानकारी दिनुभएको छ । बालिकाकी आमाले भन्नुभयो –‘एपेन्डिसको शल्यक्रिया गरेर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहदा उसको बाउले छोरी लगेछ, पछि अस्पतालबाट डिस्चार्ज भएदेखि छोरीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न नै दिनुभएन ।’

बुवाले स्कुटर किनिदिने, हजुरआमाको सुनको हार दिने प्रलोभन देखाएर छोरीलाई आफुदेखि लगेको आमा अर्पनाले बताउनुभयो । छोरी धरान–१९ स्थित आवर होम बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययरत थिइन् । बुवाले छोरीलाई फाइनल परिक्षा समेत दिनकालागी धरान नपठाएको र आफुले बारम्बार सम्पर्क गर्दा छोरीसँग फोनमा बोल्न नदिएको गुनासो आमाको छ । उहाँ भन्नुहुन्छ –‘पटक पटक मैले फोन गर्दा घरी छोरी बाथरुममा भएको, घरी घुम्न गएको भन्दै फोनमा बोल्न दिनुभएन ।’

अर्पना र हस्तबहादुर विवाह गरेको २र३ वर्षमा नै छुट्टीए । अर्पना छोरी लिएर माइतमा नै बसेर छोरीको लालन पालन गर्दै बसिन् । एक्कासी गत फागुन १५ गते छोरीको जन्मदर्ता लिएर छोरी खोज्दै हस्तबहादुर आइपुगेको अर्पनाले बताउनुभयो । छोरी पनि बाबासँग नजिकिए जस्तो गरेपछि अर्पनाले छोरीलाई बाबासँग आउजाउ गर्न रोक लगाउनुभएन । उहाँ भन्नुहुन्छ –‘छोरीले बाउसँग जान्छु १र२ दिन बस्छु भनेपछि मैले पनि रोकिन तर अहिले मेरो छोरी बेपत्ता बनाइदिए ।’

हस्तबहादुर कान्छि श्रीमतीसहित लारुम्बामा बस्छन् । हस्तबहादुरका दाजु पथरीमा बस्छन् । धरानबाट बुवासँग भेट गर्न पथरी स्थित ठूलो बुवाकोमा जाने गर्थिन् छोरी । स्कुलमा फाइनल परिक्षा आएको थियो । परिक्षा दिनकालागी भनेर छोरी लिन अर्पनाले धरानबाट मान्छे पठाउने भनेपछि उनका बुवाले छोरीलाई राती नै पथरीबाट लारुम्बा लगेको अर्पनाले बताउनुहुन्छ । बीचमा सम्पर्क गर्ने धेरै कोशिस गर्दा पनि छोरीसँग सम्पर्क हुन नदिएको उहाँको गुनासो छ । छोरी लारुम्बा र पथरी आउजाउ गरिन तर धरान आउन नदिएको अर्पनाको गुनासो छ ।

वैशाख १३ गते छोरीको जन्मदिन रहेछ । जन्मदिन मनाउन धरान जाने भनेर पथरीबाट १२ वैशाखमा धरानको गाडी चढेको उनका ठूलोबुवा बताउछन् । त्यहीदेखि छोरी बेपत्ता भएकी छिन् । सोधीखोजी गर्दा कतै नभेटिएको र प्रहरीमा उजुरी दिदा समेत छोरीको अत्तोपत्तो नभएको अर्पना बताउनुहुन्छ । ‘१२ वैशाख पछि घरि सइ बोलेको छोरी नखोज भन्दै धम्कि आउछ, घरि तेरो छोरी बाहुनसँग पैला गयो भन्दै उसको कान्छि आमाले धम्कि दिन्छ । मेरो एकमात्र साहारा छोरी अहिले बेपत्ता बनाइदिए ।’ अर्पनालाई अहिले सहयाता दिने कोही छैन । जीवनको एकमात्र साहारा रहेकी छोरी पनि बेपत्ता भएपछि अहिले छोरी खोजि गरिदिन इलाका प्रहरी कार्यालय धरान लगायत सम्बन्धित ठाउँमा पुगिसकिन् । साथ दिने कोही नभेटेको बताउनुहुन्छ ।

अर्पना चेम्जोङलाई सहयोग गरिदिन सम्बन्धित पक्षसँग हामी पनि विशेष आग्रह गर्दछौ । सम्पर्क ९८२०३९०३६२ अर्पना चेम्जोङ, कोशीपोष्ट डटकम ९८१७३७२६१८

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button