समाचारसमाजस्थानीयहेडलार्इन

घोपा बचाऊ अभियानमा हातमा चप्ल बोकेर खबदारी गदै अभियान्ताहरु (भिडियो सहित)

धरान,koshipost.com

घोपा बचाऊ अभियानमा हातमा चप्ल बोकेर खबरदारीमा निस्केका छन् अभियान्ताहरु । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि कार्यदल बनेपनि आन्दोलनकारीहरुले काम करबाही नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन् । घोपा बचाऊ अभियानमा लागेकाहरुले घोपमा सुधार नआए सम्म आन्दोलन चर्काइरहने बताएका छन् ।


गत सोमबार भएको वार्तामा कार्यदल बनेको थियो । अभियानकर्मीले उठाएका साना साना माग १५ दिनभित्र पूरा गर्ने सहमति बनेको छ । सहमति बनेको शनिबार सम्ममा ११ दिन पुगिसकेको छ । उठाएका मागहरुलाई सम्बोधन भए नभएसम्म आन्दोलन चर्कारहने भन्दै अहिले अभियानकर्र्मीले आन्दोलन जारी राखेका हुन् । अहिले चलिरहेको आन्दोलन शान्तिपूर्ण नै छ । १५ दिनभित्रमा प्रतिष्ठानमा केही सुधार नदेखिए बृहत आन्दोलन चर्काउने तयारीमा अभियानकर्र्मीहरु रहेको अभियानका संयोजक सुदन गुरुङले जानकारी दिए ।

शनिबारदेखि चप्पल आन्दोलन थालिएको संयोजक गुरुङले बताए । चप्पल आन्दोलन चेतावनीस्वरुप प्रयोगमा ल्याइएको उनले जानकारी दिए । ‘बीपी प्रतिष्ठान सुध्रिनुपर्छ भन्ने चेतावनीस्वरुप चप्पल आन्दोलन शुरु गरिएको हो’, उनले भने, ‘हाम्रा माग पूरा नभए चप्पल आन्दोलन नै बृहत हुनेछ ।’ विगत ६१ दिनयतादेखि आफूहरुले बीपी प्रतिष्ठान सुधारको माग राख्दै आन्दोलन गर्दै आएको अभियानकर्मी सृष्टिना श्रेष्ठले बताइन् ।


कार्यक्रममा उपस्थित समाजसेवी पिङ्गला न्यौपानेले आफू धरानकै बासिन्दा भएको र यसअघि प्रतिष्ठानमा हुने गरेका बेथितिबारे जानकार रहेको बताउँदै प्रतिष्ठान घुसखोरीहरुको अखडा बन्दै गएको बताइन् । कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन, ‘सबैको हितको लागि कुरा गर्दैछु, यस प्रतिष्ठान घुसखोरी र तस्करको अखडा भएको छ, यसको लागि धराने सबै मिलेर भण्डाफोर गर्नैपर्छ ।’ उनले प्रतिष्ठानलाई रेष्टुरेण्टजस्तो बिक्री हुने थलो बनाएको आरोप समेत लगाईन् ।


धरान आइपुगेका काठमाडौं लाजिम्पाटका सुदन गुरुङले प्रतिष्ठानमा बेथिति देखेपछि हामी नेपाल संस्थाका संस्थापक समेत रहेका उनले अस्पताल सुधार्नुपर्छ भनेर लागिपरेको बताए । उनले शुरुमा अस्पताललाई बेडलगायतका अत्यावश्यक सामग्री सहयोग गर्ने भनेर लागिपरेका थिए ।


उनले प्रतिष्ठानमा आएर डाक्टरहरूसँग परामर्श गरे । उनले त्यतिबेला हामी यो हस्पिटललाई सहयोग गर्न चाहन्छौं, मिल्छ या मिल्दैन ? कमिसनको कुरा आउँछ । तपाईले सहयोग गरे यहाँ खरिद कसरी हुन्छ ? यही समस्या देखाएर त पैसा आइरहन्छ उनीहरूले खाइरहन पाउँछन् । एक डाक्टरको यस्तो कुराले उनी झस्किए । त्यसपछि उनी प्रतिष्ठान सुधार्नुपर्छ भनेर आफूहरुको टिम लागिपरेको बताउँछन् । ‘अनि हाम्रो निर्णय भयो, धरानमै पुगेर प्रतिष्ठान बचाउनतिर लाग्ने ।’ संयोजक गुरुङले भने


सुदनको नेतृत्वमा काठमाडौंबाट विधान श्रेष्ठ र श्रृष्टि श्रेष्ठसहितको टोली आइपुगेको थियो । उनीहरूकै नेतृत्वमा ‘घोपा बचाउ’ आन्दोलन शुरु भएको छ । ‘आफ्नो सबै काम छोडेर काठमाडौंबाट धरान आएका छौँ,’ सुदन भन्छन्, ‘हाम्रो आन्दोलनमा स्थानीयहरू पनि आउनु भएको छ । कुनै पार्टीको झण्डा छैन । सबैको एउटै माग हो घोपा बचाउनु पर्छ’ उनी गुरुङले भने ।
त्यसपछि धरानेको पनि सपोर्ट रहँदै गयो । अनि जुर्मुराए धरानबासी । बीपीमा जाँच गर्न जाने बिरामीले सामान्य एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआई बिग्रिएका कारण निजी ल्याबमा जानुपर्ने अवस्था छ, उनीहरुले प्रतिष्ठानमा आइसियु बेड थप्नुपर्ने, डाक्टरहरु सभ्य भएर उपचार गर्नुपर्ने, प्रतिष्ठानमा भएको भ्रष्टाचार अन्त्य हुनुपर्ने लगायतका तत्कालै सुधार गर्नुपर्ने माग राखेका छन् ।


यस्तै, उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषी कर्मचारी तथा पदाधिकारीहरुलाई कारबाही गर्नुपर्ने, बैकुण्ठ अर्याल नेतृत्वले तयार गरेको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन लागू गर्नुपर्ने र हालका पदाधिकारीले राजीनामा दिनुपर्ने उनीहरुको क्रमशः सुधार्दै जाने माग पनि हो ।


यी माथिका माग सरकारले कार्यान्वयन नगरेसम्म काठामाडौं नफर्किने उनीहरूले घोषणा गरेका छन् । ‘नेपालमै पहिलोपटक वार्तापछि पनि आन्दोलन भइरहेको छ, वार्तापछि कार्यान्वयन होस् भनेर आन्दोलन गरिरहेका छौं, अन्तिमसम्म लडाइँ लड्छौं । माग कार्यान्वयन नभएसम्म काठमाडौं फर्किनेवाला छैनौँ,’ संयोजक गुरुङ भन्छन् ।


आन्दोलनकर्ताले प्ले कार्ड बोकेर दैनिक अपरान्ह ४ बजेदेखि ६ बजेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै सडकमा धर्नामा बस्ने गरेका छन् । सयदेखि आठ सयसम्म युवा, बालबालिका तथा वृद्ध भेला भएर धर्ना दिदै आएका छन् । यता,उपकुलपति डा. ज्ञानेन्द्र गिरीले भने मागहरु सम्बोधन गर्दै अघि बढ्ने र प्रतिष्ठानलाई सुधार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button