
धरान,koshipost.com
जन्मउत्सबको अवसरमा ईजराईलमा कार्यरत् ठुली चन्द्रकला कोयि राईले बृद्धाआश्रमलाई सहयोग गरेकी छिन् । लामो समयदेखि विदेशी भूमि ईजराईलमा कार्यरत चन्द्रकलाले जन्मदिनमा हुने फोजुल खर्च कटौती गरेर सुनसरी जिल्लाको इटहरी पकलीस्थित श्रीराम जानकी शान्ति वृद्धाश्रममा झुल र खाद्यन्य सामाग्री उपलब्ध गराएकी हुन् । सुनसरी जिल्लाको धरानः धरान उपमहानगरपालिका वार्ड नं. ११ स्थायी घर भएकी चन्द्रकला राईले विदेशीमा भूमिमा परिश्रमबाट आम्दानी गरेकी रकमको केही हिंसा सामजिक क्षेत्रमा खर्च गदै आएकी छिन् ।

विदेशी भूमि इजरायलमा कार्यरत् भएपनि चन्द्रकलाले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई आर्थिक सहयोग गरीरहेकी छिन् । नेपालमा रहेका विभिन्न संघ संस्था सञ्चालकहरु आफैले आर्थिक संकलन गरेर संस्था सञ्चालन हुदै आएको देखिन्छ । चन्द्रकलाले मनैदेखि, स्वच्छ भावनाले आफूले सहयोग गरेको बताएकी कोशीपोष्ट डटकम संगको कुराकानीमा बनाईन् ।
उनले जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् । पूर्वाञ्चल डिविआर टिभीका सञ्चालक दिल बहादुर राईको संयोजनमा ती सामग्री प्रदान गरिएको थियो । उनले त्यहाँ रहेका १४ जना वृद्धाहरुलाई खीर खुवाउनुका साथै झुल, चामल, दाल, नुन, तेल, चिनी, फलफूल समेतका लागि रकम पठाएको पूर्वाञ्चल डिविआर टिभीका सञ्चालक राईले जानकारी दिए । उनका अनुसार उनले पठाएको रकमले ती सामग्री किनेर हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

राईले विदेशमा दुःख र परिश्रम गरेर कमाएको केही रकम सामाजिक कार्यमा पनि लगाउँदै आएकी छिन् । उनी लगभग १२ वर्षदेखि त्यहाँ कार्यरत् रहेको उनले जानकारी दिएकी छिन् । इजरायलमा रहेर दुःख, पसिना बगाउँदै परिश्रममै लिप्त उनले वर्षेनीजसो विभिन्न स्थानका असहाय, दिनदुःखी, गरिबहरुको लागि सहयोग बनेकी छिन् ।
कार्यक्रममा पत्रकारहरु अर्जुन शर्मा, राजन केडी, तिर्थ कार्कीलगायतको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै अग्रज पत्रकार समेत रहेका अर्जुन शर्माले विदेशी भूमिमा पसिना बगाएर ठूलीचन्द्रले सुनसरीको यस्तो पवित्र थलोमा सहयोग गरेर पुण्यको काम गरेको बताए । पत्रकार राजन केडीले सहयोग गर्नु सह्रानीय कार्य भएको बताए । ‘एउटा महिला जसले विदेशी भूमिमा बसेर रगत, पसिना बगाएर देशको लागि सामाजिक काम गर्न लागिपर्नु गौरवको कुरा हो ।’ उनले भने । आश्रमका अध्यक्ष विष्णुबहादुर डाँगीले ठूलीचन्द्रले जन्मदिनको शुभकामना व्यक्त गर्दै विदेशबाट समेत आश्रमलाई सम्झिएकोमा धन्यवाद व्यक्त गरे । उनले भने, ‘विदेशमा बसेर दुःख गरेरै भएपनि सम्झिदिनुभएकोमा धन्यवाद ।’ आश्रममा रहेकी ज्येष्ठ नागरिक देवकुमारी न्यौपानेले सहयोग पाएकोमा खुशी ब्यक्त गरिन् ।
उनले नेपाल आएर असहायसँग जन्मदिन मनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । ‘विभिन्न बाध्यता र परिस्थितिले आज म विदेशी भूमिमा भएपनि मेरो तनमन सधै नेपालमै हुने गर्दछ । त्यसैले नेपालको माया र नेपालीको दुःख मेरो नजरमा घुमिरहेको हुन्छ । विगतका वर्षहरुमा मैले आफ्नो जन्मदिनको अवसर पारेर नेपालको विभिन्न जिल्लका बिरामी र अशक्त आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई सहयोग गदै आएकी छु’, उनले भनिन्, ‘जन्मदिनबाहेक पनि नेपालमा धेरै मानिसलाई आर्थिक सहयोग गदै आएकी छु । विदेशी भूमिमा दुःख गरेको केही रकम स्वच्छ भावनाले सहयोग गदै आएको हुँ । नेपाल आएर सबैसँग जन्मदिन मनाउनेछु ।’

उनले सेवा नै धर्म भएको बताउँदै स्वच्छ मनले नै सहयोग गर्दै आएको बताइन् । ‘मेरो जन्मदिनमा तपाईहरुलाई मैले धेरै सहयोग त गर्न सकिन मेरो बलबुत्ताले भ्याएसम्म सहयोग गरेकी छु । जीवनमा संघर्ष गर्दागदै पनि अप्ठयारोमा परेका मानिसहरुलाई सेवा गर्नु नै धर्म हो जस्तो लाग्छ, त्यसैले म विदेशी भूमिमा दुःख गरिरहेतापनि मैले कमाएको केही हिसा समाज सेवामा खर्च गदै आएकी छु ।’
उनले यस अघि धरान –३ स्थित सरस्वती बालआश्रम र धरान–१ स्थित धरान पुनस्थापना केन्द्रलाई सहयोग गरेकी थिइन् । जहाँ फरक क्षमता (असहाय, अनाथ) का बालबालिकादेखि वृद्धवृद्धासम्म बस्छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न, स्वास्थ्य सामग्री प्रदान गरेकी थिइन् । यस्तै, उनले जन्मदिनमा क्यान्सरपीडित चक्रघटीकी चम्पामाया राईलाई ३० हजार बराबरको नगद र खाद्यान्न समेत सहयोग गरेकी थिइन्






