समाचारस्वास्थ्यहेडलार्इन

प्रहरी नियन्त्रणमा रहेका केराबारी २ का प्रतिवादीको मृत्यु,प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको दावी

विराटनगर,koshipost.com
प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका(२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो । बिहीबार सरकारी वकिल कार्यालय मोरङ पुर्याइएका ठकुरी त्यही बेहोस भएर ढलेको र उपचारका लागि कोशी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।


मृतकका आफन्तले भने प्रहरीको भनाइ अस्वीकार गरेका छन् । उनीहरूले दाबी गरेअनुसार, ठकुरीको प्रहरी कुटपिटबाट मृत्यु भएको हो । मृतकका आफन्तले घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै दोषी पाइए कारबाहीको माग गरेका छन् । साथै उनीहरूले क्षतिपूर्तिको माग पनि अगाडि सारेका छन् ।


मृतक ठकुरीको शव अहिले पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । गत माघमा श्रीमतीलाई आक्रमण गरेर गम्भीर घाइते पारेको अभियोगमा यही जेठ २५ गते ठकुरी पक्राउ परेका थिए । पत्नी सकुन्तला अहिले उपचारपछि ठीक भइसकेकी छन् । तर, त्यही मुद्दामा पक्राउ परेका पतिको भने मृत्यु भएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button