विपत्मा उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, महसुसको सिकाई महत्त्वपूर्ण हुन्छः मन्त्री कार्की

विराटनगर,koshipost.com
वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पडितह?लाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताए ।

पूर्व अभ्यासका क्रममा अभ्यासमा खटिएका सुरक्षाकर्मीको टिमले विपत् भएकै अवस्थाको अभ्यास गरेका थिए । मन्त्री कार्कीले आफूले देखेको, सुनेको तथा पढेको भन्दा पनि आफैले महसुस गरेको सिकाई महत्त्वपूर्ण सिकाई हुने भएकाले पनि पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण हुने बताए । मन्त्री कार्कीले विपत् प्रभावित क्षेत्रको नस्काङकनका साथै त्यस ठाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । पूर्व अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै रेडक्रसका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।