समाचारसूचना प्रबिधिहेडलार्इन

गृह मन्त्रालयद्धारा आइतबारको विदा खारेज गरिएको सूचना, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने

काठमाण्डौं,koshipost.com

गृह मन्त्रालयले आइतबार पनि विदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो । यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअनुसार अब असार १ गतेदेखि कात्र्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म एवम् कात्र्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय १० बजेदेखि ४ बजेसम्म कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार भने कार्यालयहरु बिहानको १० बजेदेखि अपरान्हको ३ बजेसम्म खुला रहनेछन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button