अर्थ खबरसमाचारहेडलार्इन

विजयपुरमा अस्थायी प्रहरी चौकी शिलान्यास, धरान प्रदेशकै इज्जत हो पुरानो शाख फिर्ता गर्नुपर्छु ःमन्त्री कार्की, (भिडियो सहित)

[mashshare]

धरान,koshipost.com
सुनसरीको धरान १४ स्थित विजयपुरमा अस्थायी प्रहरी चौकी भवनको शिलान्यास भएको छ । धरानको पर्यटकीय क्षेत्र मानिएको वडा नं १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माण गर्न शिलान्यास गरिएको हो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिहिबार चौकीको शिलान्यास गरेका हुन् । केही ओइलेनी जग्गा भएकाले प्रहरी चौकी बनाउन लागिएका कारण जग्गा नपुग भएपछि स्थानीय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले चौकीलाई केही जग्गा उपलब्ध गराएका छन् ।


अहिले सम्म वडा कार्यालयको माथिल्लो तलामा प्रहरी चौकी रहेको छ । सानो कोठामा अव्यवस्थितरुपमा प्रहरी बस्नु परेको कारण धेरै समस्या भइरहेकाले नयाँ भवन निर्माणको लागि पहल थालिएको वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । प्रहरी चौकीसहित बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना भएपनि सम्भव नभएपछि प्रदेश मन्त्रालयसँग बजेट मागेर प्रहरी चौकी मात्र निर्माण गर्न लागिएको वडाअध्यक्ष भट्टराईले जानकारी दिए ।


कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री कार्कीले आधुनिकताको सहर धरान अहिले पछाडि परेको महशुस आफुले पनि गरेको बताए । पुरानो साख फर्काउने धरानबासीको अभियानमा आफ्नो पनि साथ रहने मन्त्री कार्कीले बताए । ‘पहिला धरानमा फेसन आउछ, अनि मात्र काठमाण्डौं, अन्त पुग्थ्यो । अहिले धरान पछाडि परेको महशुस मैले पनि गरेको छु ं, यसको खास फिर्ता गर्ने अभियानमा धरानबासी लाग्नुभयो भने मेरो पनि साथ रहन्छ ।’ मन्त्री कार्कीले भने

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button