समाचारसमाजहेडलार्इन

गेस्ट हाउसमा लगी युवतीलाई बलात्कारपछि युवतीको १ लाख नगद र सुन लुटपाट गनेृ युवा पक्राऊ


काठामाण्डौंं,koshipost.com

गेष्ट हाउसमा लगी युवतीलाई बलात्कारपछि युवतीको नगद १ लाख र सुन लुटपाट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं भोटेबहाल स्थित गेस्ट हाउसमा युवतीलाई बलात्कार गरेर नगद र सुन लुट्ने काभ्रेकोे तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङललाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ २९ गते बेलुका तामाङले २४ वर्षीया युवतीलाई बलात्कार गरेर पैसा र सुन लिएर भागेका थिए ।


आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी लिए । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


ईमोमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पूर्वयोजना अनुसार आरोपीले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर उनी भागेको एसपी मैनालीले बताए । आरोपीलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button