
धरान,koshipost.com
सुनसरी उद्योग वाणिज्य संगले व्यवसाय र फर्म नविकरण नभएकाहरुलाई यही असार २० गते हुने वाणिज्य संगको चुनावमा मतदाता बनाएको बिष्णु कुमार लोहियाको आरोप छ । उद्योग बाणिज्य संगले फर्मको कर चुक्ता प्रमाणपत्र नबुझि धमाधम नविकरण गरेर भोटका लागि सदस्यता दिएर नाम लिष्ट सार्वजनिक गरेकाले नीति नियाम विपरित भएकाले कार्वाहीको समेत धरानका १२ का हार्डवेयर व्यवसायी लोहियाले माग गरेका छन् ।
समान्यतया संघ संस्थाहरुको निर्वाचनमा उम्मेदवारहरुको मतपत्र तयार गर्दा दर्ता र नविकरणको आधारमा तयार गरिन्छ । सुनसरी उद्योग बाणिज्य संघ धरानको निर्वाचनमा भने यो पटक त्यसो नभई नियाम विपरित संग अघि बढेको शनिबार पत्रकार सम्मेलन गरी लोहियाले यस्तो खुलासा गरेको हो । नविकरण फेल भएका र पुराना व्यवसाय फर्मलाई भोटका लागि सदस्यता दिएर नियाम विपरित संघले काम गरेको लोहियाले पत्रकार सम्मेलनमा बोल्दै यस्तो जानकारी गराएका हुन् ।

वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटाले नियाम विपरित चुनाव गर्न लागेको लोहियाले आरोप लगाएका छन् । त्यस्तै, निर्वाचन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत राजेन्द्र शर्मालाई समेत आफुले सुनसरी उद्योग बाणिज्य संघले यस पटक नियाम विपरित निर्वाचन गर्न लागेकाो भन्दै गल्ती सच्चयाएर २ दिन पछि संघको चुनाव गराउन आग्रह गरेको लोहियाले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए ।
यता सुनसरी वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले लोहियाले लगाएको आरोप सत्य नभएको बताएका छन् । ‘हामीले सबै प्रक्रिया पुरा गरेर कार्यसमितिले पास गरेर निर्णय गरेअनुरुप संगको चुनाव गर्न लागेका हौं बजारमा कस्ले के हल्ला फिजायो त्यो हामीलाई थाहाँ छैन मैले पनि केही कुरा त सुनेको थिए तर त्यो सत्य होइन । म अध्यक्ष एक्लैले गरेको निर्णय होइन कार्यसमिति बसेर गरेको निर्णय हो लोहियाको बनाईमा कुनै तुक छैन ’ अध्यक्ष सापकोले कोशीपोष्ट डटकम संगको कुराककानीमा बताए ।
यस्तै, यता निर्वाचन गर्न जिम्मा पाएका राजेन्द्र शर्माले पनि संगको चुनाव नीति विपरित नभएको बताएका छन् । ‘कार्यसमिति बसेर माईनियुट गरेर निर्वाचन गर्ने समय तोकेको हो । संघको चुनाव त्यही कार्यसमितिले कारण देखएर रोके मात्र निर्वाचन रोकिन्छ । अरुले भनेर चुनाव रोकिन्दैन लोहियाले मलाई फोन गरेर चुनाव सार्नु भन्ने कुरा गरेका थिए , मैले कार्यसमितिले तोकेको निर्वाचन मैले रोक्न मिल्दैन भनी दिएको थिए र वास्तविकता पनि यही हो ’ निर्वाचन अधिकृत शर्माले भने ।
सुनसरी उद्योग बाणिज्य संघको आगामी असार २० गते आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा संघमा आबद्ध संघ संस्थाका सदस्यहरु यस बेला प्रचार प्रसार अभियानलाई तिब्र पारेर व्यावसायिको घरदैलोमा पुगीरहेका छन् ।