
धरान,koshipost.com
स्वार्गीय आमाको नाममा धरान १८ की पूर्ण माया राईले गोपाल मन्दिरलाई सहयोग गरकी छिन् । स्वार्गीय धन माया लोरोङ्ग (वान्तवा) राईको नाममा धरान १४ मा अवस्थित गोपाल मन्दिरमा भक्तालुहरुलाई पुजाआज र दर्शन गर्न आउदा बस्न सहज होस् भन्ने मनशायले छोरी पूर्ण मायाले असार १५ गते बुधबार थितिमितिका साथ ब्रामण पढाई पुजा लगाएर फलामको फलाईचा बनाएर मन्दिरमा राखेकी हुन् । उनी त्यस मन्दिरको हाल अध्यक्ष समेत रहेकी छिन् ।

‘आमाले जन्म दिएर पढाएर हुर्काएर बढाएर मलाई यो संसारमा यो अवस्था सम्म ल्याउनु भयो जिवित हुँदा पनि मैले सकेको सहयोग आमालाई गरेकी थिए । जन्म संगै मृत्यु सबैको निश्चित छ अघिपछि मात्र हो । एक वर्ष अघि आमा बृत्यु भयो । यो मन्दिरमा उहाँको नाममा यो फलाईचा लगाईयो भने यहाँ आउने भक्तालुहरुलाई बस्न सहज हुन्छ भन्ने मनशायले घरपरिवारमा सल्लाह गरेर मेरो छोरीहरु आमाको नातिनीहरु र म भएर हाम्रो स्वार्गीय आमा धन माया लोरोङ्ग (वान्तवा) राईको नाममो फलाईचा लगाएका हौं’ गोपाल मन्दिरका अध्यक्ष पूर्ण माया राईले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताईन् ।
यस्तै, स्वार्गीय अनिल राईको नाममा उनको श्रीमती ललिता लिम्बु (राई) र छोरी अपेक्षा राई (लिम्बु)ले सोही दिन फलामको छाना सहितको फलाईचा लगाएर गोपाल मन्दिरलाई सहयोग गरेकी छिन् । मन्दिरलाई सहयोग पनि हुने र मन्टिरमा पुजा र दर्शन गर्न आउने भक्तालुहरु सहज होस् भन्ने उद्देश्यले आफु बिदेश भए पनि श्रीमान्को नाममा फलाईचा लगाई दिएको ललिताले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताईन् । मन्दिर सबैको हो आफmुले सकेको सहयोग गरे मन्दिरमा आउने धार्मिक पर्यटक र भक्तालुहरुलाई बस्न सहज हुन्छ ललिताले थपिन् । हाल ललिता हङकङमा कार्यरत छिन् ।

गोपाल मन्दिर धरानको शिर र धार्मिक क्षेत्र भनेर मानिएको धरान १४ विजयपुर जाने बाटोमा रहेको छ । ५ कठ्ठा १८ धुरमा रहेको गोपाल मन्दिरको तराईमा पनि धान खेत भएको मन्दिर समितिका अध्यक्ष पूर्ण माया राईको भनाई छ । मन्दिरमा केही विवाद भएका कारण अहिले धान कस्ले रोप्छ कस्ले खान्छ आफुहरुलाई थाहाँ नभएको अध्यक्ष राईले बताईन् । राज्यले यस्ता सार्वजनिक सम्पतिको पहिचान गरेर व्यवस्थापन र संक्षण गर्नु पर्ने देखिन्छ ।