समाचारस्वास्थ्यहेडलार्इन

स्वतन्त्र नागरिक समाज नगर समिति धरानद्धारा वी.पी प्रतिष्ठानमा मौन धर्ना (भिडियो सहित)

[mashshare]

धरान,koshipost.com

स्वतन्त्र नागरिक समाज नगर समिति धरानले वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौन विरोध धर्ना गरेको छ । प्रतिष्ठानले यही असार २० गते देखि स्वास्थ्य बिमा बन्दा गर्ने घोषण गरेपछि स्वतन्त्र नगर समितिका मानिसहरु मौन धर्ना दिन प्रतिष्ठान ओपीटी कक्षमा पुगेको हो । स्वास्थ्य बिमा शुचारु गर, बिमा मार्फत पाउने सुविधा कायम गर,स्वास्थ्य क्षेत्रमा राजनीति गर्न पाइदैन,बिमा सेवा बन्द गर्न पाइदैन, बिमा सेवा निरन्तर गर लगायतका प्ले कार्ड बोकेर प्रतिष्ठान भित्र स्वतन्त्र नगर कार्यसमितिका मानिसहरु मौन धर्ना आन्दोलनमा बसेका थिए ।


धराने जनताले पाउने सेवा सुविधा बिमा बन्द गर्नु नहुने धरान ११ की बबी राईले बताईन् । ‘यो बिमा सेवा बन्द गर्नु पर्ने कुनै कारण छैन, यो कन्द्रिय सरकारको कमीकम्जोरी हो कि वी.पी. प्रतिष्ठान सञ्चालकको कमीकम्जोरी हो, हामी जनता सर्वसाधरणले थाहाँ पाउनु पर्छ । यो स्थास्थ्य क्षेत्रमा किन राजनीति हुन्छ । यो सोझा सिधा जनतालाई दुःख दिने काम बन्द गरिनु पर्छ ’ राईले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताईन् ।

वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा राजनीति र अनियमिता भएका कारण सेवा सुविधा लिनबाट सर्वसाधारण बन्चित हुने गरेकोे समितिका सुमन श्रेष्ठले बताए । ‘यो भन्दा अगाडी पनि यसरी नै यो प्रतिष्ठानले बिमा सेवा सुविधा बन्द गर्ने भनेका थिए । हामीले यसरी नै दवाब र आन्दोलन गरेर अहिले सम्म यो बिमा बन्दा भएको थिएन, तर फेरि यही असार २० गते सोमबार बाट बन्दा गर्ने भन्ने कुरा आएपछि बिमा सेवा सुविधा रोकिनु हुदैन बिमा सेवा बन्द गर्नु हुदैन विमा सुचारु गर्नु पर्दछ भनेर आज फेरि यो मौन धर्ना दवाबमुलक जुलुस ल्याएर यस प्रतिष्ठानमा आएका हौं ’ श्रेष्ठले कोशीपोष्ट डटकम संग कुराकानीमा बताए ।


एशियाको दोस्रो अस्पताल भनेर चिनिएको धरानमा अवस्थित वी.पी. प्रतिष्ठान अहिले राजनीति र भागबण्डाको अखडा बन्दै गएको जानकारहरु बताउँछन् । यस अस्पतालमा नेपालका विभिन्न जिल्लाबाट बिरामीहरु उपचार गर्न आएता पनि बिरामीहरुले भने जस्तो उपचार नपाएको गुनासो गर्छन । छोरीलाई उपचार गराउन प्रतिष्ठान आएका भोजपुरका श्याम राईले बिरामीले पाउने सेवा सुविधा नपाएको बताए । आफुहरु टाढा देखि उपचार गर्न र गराउन अस्पताल आई पुगे पनि कहिले के कहिले भनेर बाहना बनाउने र बिरामीले भने जस्तो उपचार नपाएको राईको भनाई छ । ‘वी.पी प्रतिष्ठानमा बिरामीलाई केही सेवा सुविधा छैन,कहिले मेशिन बिग्रेको छ भन्छन् कहिले के छैन भन्छन् यसो गर्दा हामी सर्वसाधारण मर्कामा पछौं यो हाम्रो पिडा कस्ले सुन्छ कहाँ गएर कस्लाई सुनाउनु पर्ने हो । यता र उता भन्दा भन्दै बिरामी झन सारो भईसक्छ अन्तिममा निजी अस्पतालमा लानु पर्ने हुन्छ । त्यहाँ पुग्न साथ ठग्न शुरु गर्छन् बिल धेरै निकाली दिन्छ हामी पाखा भित्तामा बस्ने मान्छेले कहाँ बाट पैसा ल्याएर उपचार गराउनु त्यसैले गरिब सोझा सिधा जनता अकाल्मै मर्नु पर्छ ’ कोशीपोष्ट डटकम संगको कुराकानीमा राईले गुनासो पोखे ।


वी.पी. प्रतिष्ठानमा देखिएका बेथितिलाई अन्त्य गर्न र अस्तपाललाई चलायमान बनाउन धरानका राजनीति दल, बुद्धिजिवि, सरोकारवाला,धरानवासी शिक्षक पत्रकार र स्थानीय सरकारले ध्यान दिनु आजको आवश्यकता देखिन्छ । स्थानीय सरकार र सबन्धित निकायले बेलैमा ध्यान नदिए एशियाको दोस्रो अस्पताल मानिएको प्रतिष्ठान एकादेशको कथामा धरानमा वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थियो रे भन्ने शब्दम सिमित बन्न सक्छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button