समाचारसमाजस्थानीयहेडलार्इन

धरानमा धारिलो हतियार प्रहार हुँदा तीन जना गम्भिर घाइते , घाइते सबैको वीपी प्रष्ठिानमा उपचार हुदै

धरान,koshipost.com
सुनसरीको धरानमा धारिलो हतियार प्रहार हुँदा ३ जना गम्भिर घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ । घाइते सबैको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहिबार साँझ करिब ७ बजे धरान (१६ जोरसखुवा छेऊमा कफी खाएर बसीरहेको बेला अपरिचित युवाको समूह मोटरसाईकलमा आई धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घाइते हुनेहरुमा टिकाराम राई, प्रदीप लिम्बू र टिका गुरुङ घाइते भएका छन् । घाइतेमध्ये केहीको कान ताछिएको छ भने केहीको मुटु छेऊमा समेत धारिलो हतियार प्रहार भएको छ । १ जनाको हात समेत काटिएको र गम्भीर चोट लागेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।


सामान्य विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले खुकुरी प्रहार भएको बताएका छन् । प्रहरीले भने कुन हतियार प्रयोग भएको हो भन्नेबारेमा खुल्न नसकेको जानकारी दिएको छ । आफूभन्दा साना युवाहरुको समूहले आफूमाथि आक्रमण गरेको घाइतेमध्ये एक युवाले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button