
धरान,koshipost.com
सुनसरीको धरानमा रहेको विजयपुर अस्पतालमा विषेशज्ञ सुविधा सहित थप स्वास्थ्य उपचार शुरु गरिएको छ । धरान (१० पुतली लाइनमा अवस्थित विजयपुर अस्पतालमा थप स्वास्थय सेवा शुरु गरेको हो । विजयपुर प्रा.लि.ले सबै जनताको स्वास्थ्यमा पहुंच पुगोस् भन्ने भन्न उद्देश्यले हरेक १५ ÷१५ दिनमा अस्पतालमै सम्पूर्ण विषेशज्ञ सुविधा सहितको संस्थागत निःशुल्क सेवा सिविर आयोजना शुरु गरेको छ ।
अस्पतालले हालसम्म ३ पटक निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । यस कार्यलाई प्रत्येक विभाग अन्तर्गत निरन्तरता दिने अस्पतालले जनाएको छ । पहिलो पटक असार ४ गते हाडजोर्नी , नसा तथा बाथरोग विभाग द्वारा आयोजना गरिएको थियो । त्यस्तै, वरिष्ठ हाडजोर्नी,नसा तथा बाथरोग विशेषज्ञ डाक्टर जनक दास जिउद्वारा सेवा उपलब्ध भएको थियो,जुन सेवामा सामान्य देखि जटिल प्रकारका समस्यसहित करिब ५० देखि ५५जना बिरामीले प्रतक्ष्य लाभ लिएका थिए
यसैगरी दोस्रो पटक असार १८ गते मेडिसिन विभागद्वारा आयोजना भयको थियो,जसमा वरिष्ठ उजथकष्अष्बल मयअतयच बिवेक प्रभात साह द्वारा निःशुल्क विषेशज्ञ सेवा उपलब्ध भएको।उक्त सेवाबाट करिब ४० देखि ४५ जना बिरामीले विभिन्न रोगको उपचार गराएका थिए । त्यस्तै, तेस्रो पटक असार ३२ गते नवजात शिशु तथा बालरोग विभागद्वारा आयोजना गरिएको थियो।जसमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर रञ्जना विष्ट द्वारा निःशुल्क सेवा उपलब्ध उपलब्ध गराईएको थियो ।
यस सेवामा भर्खरै जन्मेको शिशु देखि १६ वर्षसम्मका करिब २० देखि २५ जना बालबालिकाले सेवा सुविधा प्राप्त गरेका थिए ।
अस्पतालले यसरी विभिन्न विभागको आयोजनामा अस्पताल परिसर भित्रै संस्थागत निःशुल््क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । अस्पतालले सम्पूर्ण सेवासुविधा सहितको विषेशज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले विषेशज्ञ सेवामा सबैको पहुँच वृद्धि गरी स्वास्थ्य समाजको निर्माणमा हातेमालो गर्न विजयपुर अस्पताल प्राइभेट लिमिटेड सदैव कटिबद्ध रहेको अस्पताल प्रशासक प्रमुख इन्दु नेपाल योन्जनले जानकारी दिए । अस्पतालले संस्थागत निःशुल्क स्वास्थ्य शिविर संगसगै आउटरिच स्वास्थ्य शिविर पनि आफ्नो वार्षिक कार्य योजनामा राखी अस्पतालको अबतअजmभलत एरियामा आफ्नो स्थापनाकाल देखिनै गर्दै आइरहेको प्रम्ख योन्जनले जानकारी दिए ।