समाचारस्वास्थ्यहेडलार्इन

धरानमा सासुलाई खुकुरी प्रहार पछि आफै रेटिन्दा घटनास्थलमै मृत्यु

धरान,koshipost.com

सुनसरीको धरानमा सासुलाई खुकुरी प्रहार पछि आफै रेटिन्दा घटना स्थलमै एक पुरुषको मृत्यु भएको छ । धरान(८ गुम्बामार्गमा आफैंमाथि खुकुरी सासुलाई खुकुरी प्रहार गरेपछि आफैले आफैलाई खुकुरी प्रहार गदा ४२ वर्षीय ज्वाइँ राम बहादुर रम्तेलको घटना स्थलमै मृत्यु भएको हो ।


स्थानीय रम्तेलले आफ्नै सासुमाथि खुकुरी प्रहार गरी आफूमाथि नै खुकुरी प्रहार गर्दा (सेरिँदा) उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर श्रेष्ठले जानकारी दिए । टेम्पो चढेर आएका उनले आफ्नो साथबाट खुकुरी निकालेर ७१ वर्षीया सासु नरमाया भुजेलमाथि प्रहार गरेका थिए । खुकुरी प्रहार गरिसकेपछि उनले आफैमाथि खुकुरी हानेको प्रहरीले जनाएको छ ।


खुकुरी प्रहार प्रहारबाट गम्भीर घाइते बनेकी भुजेलको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि विराटनगर ‘रेफर’ चिकित्सकले जानकारी दिएका छन् । ससुराली आएको बेला सासुसँग घरायसी विवाद भएको र ज्वाइँ रम्तेलले धारिलो हतियार खुकुरी प्रहार गरी सासु नरमायालाई गम्भीर घाइते बनाएका थिए । खुकुरी प्रहारबाट भुजेलको टाउकोको बाँयापट्टि कान समेत काटिएको छ ।


रम्तेलमा मानसिक समस्या रहेको र औषधी समेत सेवन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । रम्तेलकी श्रीमती रोजगारीका लागि कुवेतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button